सुपर शोकोले ल्यायो सस्तो मूल्यको CPx स्कुटर

इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी सुपर शोकोले अन्तर्राष्ट्रिय बजारमा नयाँ स्कुटर ‘सीपीएक्स’ सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त स्कुटर बजारमा उपलब्ध १२५ सीसी क्षमताको स्कुटर बराबरको हो ।

प्रतिघण्टा ८८ किलोमिटरको रफ्तारमा कुद्न सक्ने यो स्कुटरले एक पटकको फुलचार्जमा १३६ किलोमिटर रेञ्ज प्रदान गर्छ । 

यसमा ६० भोल्ट क्षमताको दुईवटा लिथियम आयोन व्याट्री प्रयोग गरिएको छ । यसमा कम्पनीले रिर्भस बटमपनि दिएको छ । जसले स्कुटरलाई पछाडि धकेल्नु पर्ने अवस्थामा सहज बनाउने छ । साथ, यसमा दिइएको यूएसबी पोर्टले इलेक्ट्रीक डिभाइस चार्जगर्न सहयोग गर्नेछ । 

यसलाई बेलायती बजारमा ३५९९ पाउन्ड मूल्यसहित सार्वजनिक गरिएको छ । बेलायती मिडिया अटोएक्सप्रेसका अनुसार यो मूल्यमा इलेक्ट्रीक स्कुटर निकै सस्तो हो ।

नेपाली बजारमा पनि सुपर शोको ब्रान्डको बिक्री वितरण दिगो ग्रुपले गरिरहेको छ । यस्तोमा उक्त स्कुटर नेपाल आउने संभावना निकै धेरै रहेको छ । 


Back_to_top