एबीएस सहित १८० सीसीमा आउँदै सुजकी वर्गम्यान स्ट्रिट

Not found

सुजुकीले वर्गम्यान रेन्जको नयाँ स्कुटर ल्याउने भएको छ । कम्पनीले होन्डा पिसिएक्स र यामाहा एनम्याक्स १५५ प्रतिस्पर्धा गर्नेगरि वर्गम्यान १८० स्कुटर ल्याउने भएको हो । यो स्कुटर २०२० को सुरुवातमा भारतीय बजारमा सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।

उक्त स्कुटर १८० सीसी इन्जिनमा आउनेछ । यसमा वर्गम्यान २०० मा उपलब्ध इन्जिनलाइ परिमार्जन गरेर ल्याइने अनुमान समेत लगाइएको छ । अमेरिका र युरोपियन मुलुकमा बिक्री भइरहेको यस स्कुटरमा उपलब्ध एसओएचसि लिक्वीड कुल्ड इन्जिनले १८ पिएस र १६.८ एनएम टर्क  पावर प्रदान गर्छ । यसमा वर्गम्यान २०० भन्दा फराकिलो अन्डर सिट स्टोरज दिइने कम्पनीले जनाएको छ ।

यो स्कुटरका फ्रन्टमा कन्भेक्शनल टेलिस्कोपिक फर्क अप र रियरमा ट्वीन सक लगाइने छ भने, दुबै पाँग्रामा डिस्क ब्रकेसंगै एबीएसको विशेषता दिइने कम्पनीले जनाएको छ । वर्गम्यान स्ट्रिट १८० मा एलइडी हेडल्याम्प, डिजीटल कन्सोल र  विन्डस्क्रिन लगाउने कम्पनीले जनाएको छ । कम्पनीले यसको मूल्यबारे कुनै जानकारी दिएको छैन ।



image not found