दुई नयाँ मोटरसाइकल ल्याउने तयारीमा सुजुकी

सुजुकीले अटो एक्स्पो २०२० मा इन्ट्रुडर मोटरसाइकलको नयाँ भर्सन प्रदर्शन गर्ने भएको छ । कम्पनीले सो मोटरसाइकललाई कहिलेसम्म भारतीय बजारमा ल्याउने भन्नेबारे कुनै जानकारी गराएको छैन । प्रदर्शन हुने मध्ये एक १५५ सीसी इन्जिनयुक्त बाइक हो । यसमा उपलब्ध इन्जिन बीएस–६ मापदन्ड अनुरुप हुने कम्पनीले जनाएको छ ।

यसका साथै, कम्पनीले इन्ट्रुडर २५० समेत प्रदर्शन गर्ने भएको छ । यसमा एलइडी हेडलाइटसँगै, नयाँ इन्स्ट्रुमेन्ट कन्सोलको विशेषता दिइएको छ । यसमा उपलब्ध २४९ सीसी फ्युल इन्जेक्टेड इन्जिनले ९ हजार आरपीएममा २२.६ एनएम टर्कका साथै ६ हजार आरपीएममा १४ एनएम टर्क उत्पादन गर्छ । 

यस्तै, १५४.९ सीसी इन्जिनले ८ हजार आरपीएममा १४.१ पीएस पावरका साथै ६ हजार आपीएममा १४ एनएम टर्क उत्पादन गर्छ । यसमा पाँच स्पीड गियरबक्स लगाईएको छ भने, २५० इन्ट्र्ुडरमा ६ स्पीड ट्रान्समिसन लगाइएको छ ।

दुबै मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक फर्कका साथै रियरमा मनोशक सस्पेन्सन लगाइएको छ । इन्ट्रुडर १५० मा सिंगल च्यानल एबीएस र इन्ट्रुडर २५० मा डबल च्यानल एबीएस फिचर दिइएको छ । 


Back_to_top