सार्वजनिक भयो नयाँ सुजुकी जिक्सर १५०, यस्तो छ मूल्य र विशेषता

Not found

सुजुकी मोटरसाइकलले भारतीय बजारमा जिक्सर १५० को नयाँ संस्करण सार्वजनिक गरेको छ । कम्पनीले यस मोटरसाइकलको मूल्य १ लाख भारु निर्धारण गरेको छ । यसले भारतीय बजारमा आरटीआर १६० फोर भी, यामाहा एपजेड एस, बजाज पल्सर १६० एनएस र होन्डा सिबी हर्नेट १६० आरसँग प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ ।

अल ब्लाक, अल सिल्भर, र ब्लाक कलरमा आएको छ । यसमा एलइडी हेडल्याम्प डिजाइन, चिल्स फ्युल ट्यांक, जिक्सर ग्राफिक्सको विशेषता दिइएको छ भने यसमा १२ लिटरको इन्धन ट्यांकी लगाइएको छ । 


नयाँ रियर टायर दिइएको यस मोडलमा नयाँ रियर टायर ह्युगर लगाइएको छ भने स्ल्टि सिट, ब्लाकआउट अलोय ह्वील, रेड स्ट्रेप लगायतको डिजाइन परवर्तन गरिएको छ । 

यसमा उपलब्ध १५५ सीसी सिंगल सिलिन्डर इन्जिनले, १४.१ पीएस पावरका साथै १४ एनएम टर्क उत्पादन गर्छ । बीएस–६ मापदन्ड अनुसारको यस इन्जिनमा पाँच स्पिड ट्रान्समिसन दिइएको छ । 



image not found