डबल च्यानल एबीएससहित पावरफुल इन्जिनमा सुजुकी जिक्सर-२५०

सुजुकीले मे २० मा सार्वजनिक गर्ने तयारी गरेको जिक्सर २५० मा उपलब्ध इन्जिनको स्पेशिफिकेशन सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको टिजरमा देखिए अनुसार यो मोटरसाइकल आक्रामक स्टाइलमा निर्माण भएको छ । यसलाइ कम्पनीले मे २० मा सार्वजनिक गर्ने छ ।

मोटरसाइकलमा फुल फेयरिंग फिचर दिइएको छ भने स्प्लिट सिट, फ्याट रियर टायर, क्लिप अन ह्यान्डबार लगाइएको छ । यो मोटरसाइकल स्ट्रिट फाइटर भर्सनमा आउने कम्पनीले जनाएको छ । 

टिजरमा देखिए अनुरुप मोटरसाइकलमा सुजुकीको स्पोर्ट बाइकको जस्तै सिल्ड सेप हेडल्याम्प क्लस्टर लगाइएको छ । यसमा फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, फ्रन्टमा कन्भेक्शनल टेलिस्कोपिक फर्क, रियरमा मनोसक दिएको छ । 

जिक्सरमा उपलब्ध सिंगल सिलिन्डर लिक्वीड कुल्ड युनिटले २६.५ बीएचपी पावर उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड गियरबक्स लगाइएको छ । यो मोटरसाइकल तीन कलर अप्शनमा आउने कम्पनीले जनाएको छ । 

मोटरसाइकलमा डबल च्यानल एबीएसको विशेषता छ भने, आकर्षक चेसिस सँगै यसका प्रतिस्पर्धीमा उपलब्ध सबै प्रकारका विशेषता समेटिएको छ । यसको मूल्य १ लाख ३५ हजार भारु तोकिएको छ । यसले यामाहा फेजर २५, केटीएम आरसी २००, होन्डा सीबीआर २५० आरसँग प्रतिस्पर्धा हुने छ । 


Back_to_top