बाहिरीयो टाटा अल्ट्रोजको उत्पादन माेडलकाे भिडियो

काठमाडौं । टाटा मोटर्सको पछिल्लो उत्पादन अल्ट्रोजको टिजर सार्वजनिक भएको छ । त्यससँगै कम्पनीले भारतीय बजारमा बुकिङ समेत खुल्ला गरेको जनाएको छ । 

नेपाली बजारमा पनि यसलाई नाडा अटो शो २०१९ को आकर्षणको रुपमा टाटाले देखाउने तयारी गरेको छ ।

अल्ट्रोज टाटाको पहिलो प्रिमियम ह्याचब्याक मोडल हो । कम्फर्ट, स्पेश, क्लासिक फिचर तथा ठूला कारको जस्तै पफर्मेन्सकोे कारण यो कारलाई उत्कृष्ट रहेको विशलेष्ण सुरु भएको हो । 

अल्ट्रोजमा १.२ लिटर टर्बोचार्ज्ड थ्री सिलिन्डर पेट्रोल इन्जिन रहेको छ । जसले ५५०० आरपीएममा १०२ एचपी पावरका साथै १७५० देखि ४ हजार आरपीएममा १४० एनएम टर्क उत्पादन गर्छ । 

यसमा ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमको प्रयोग गरिएको छ । त्यस्तै, यसमा अल ब्ल्याक ड्यासबोर्ड, चारवटा एयरकन्डिसन भेन्ट लगाइएको छ । यसमा ३४१ लिटरको बुटस्पेस समेत रहेको छ ।

यसको लम्बाई ३ हजार ९८८ एमएम, चौडाई १ हजार ७५४ एमएम र उचाई १ हजार ७५४ एमएम रहेको छ । यसको ह्वीलवेश २५ हजार १ एमएम रहेको छ  । लम्बाई, चौडाई र उचाइका आधारमा यो कार कम्प्याक्ट एसयूभी बराबर रहेको छ । यसको कुल तौल ९६१ किलोग्राम रहेको छ ।

डबल एयरब्याग, एबीएससँगै इबीडी, आइएसओ फिक्स चाइल्ड सिट, पार्क असिस्टसँगै रियर पार्किङ सेन्सर, डे-नाइट आइआरभीएम, स्पीड अलर्ट सिस्टम जस्ता फिचरले कारलाई सुरक्षीत बनाएको छ । 

यसको इन्टेरियरमा ककपिटको जस्तै थिम दिइएको छ । यसमा सात इन्च फ्लटिंग टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, टीएफटी क्लस्टर डिस्प्लेको विशेषता दिइएको छ । 

यसमा आकर्षक हेडलाइट, डेटाइम रनिंग लाइट र १७ इन्चको अलोय ह्वील लगाइएको छ ।


Back_to_top