भदौमा नेपाल आउने टाटा अल्ट्रोज बारे थाहापाउनुस् ६ तथ्य

काठमाडौं । टाटा मोटर्सको पछिल्लो उत्पादन अल्ट्रोज आगामी अगस्टमा भारतीय बजारमा बिक्री वितरण सुरु हुने भएको छ । त्यससँगै भदौको पहिलो हप्तासम्ममा उक्त कार नेपाली बजारमा आउने भएको हो । यसलाई नाडा अटो शो २०१९ को आकर्षणको रुपमा टाटाले देखाउने तयारी गरेको छ ।

टाटाको बहुप्रतिक्षीत प्रिमियम ह्याचब्याक अल्ट्रोज जेनेभा माेटर शाेमा कम्पनीले सार्वजनिक गरिसकेको छ । त्यसैलाई आधार मानेर यसमा रहेका फिचरको बारेमा बिभिन्न रिपोर्टहरु सार्वजनिक भएका हुन् । 

अल्ट्रोज टाटाको पहिलो प्रिमियम ह्याचब्याक मोडल हो । कम्फर्ट, स्पेश, क्लासिक फिचर तथा ठूला कारको जस्तै पफर्मेन्सकोे कारण यो कारलाई उत्कृष्ट रहेको विशलेष्ण सुरु भएको हो । नेपालमा टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले बिक्री वितरण गर्ने यो मोडलबारे विशेष छ तथ्य यस प्रकार रहेका छन् ।

इन्जिन

अल्ट्रोजमा १.२ लिटर टर्बोचाज्र्ड थ्री सिलिन्डर पेट्रोल इन्जिन रहेको छ । जसले ५५०० आरपीएममा १०२ एचपी पावरका साथै १७५० देखि ४ हजार आरपीएममा १४० एनएम टर्क उत्पादन गर्छ । यसमा ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमको प्रयोग गरिएको छ । त्यस्तै, यसमा अल ब्ल्याक ड्यासबोर्ड, चारवटा एयरकन्डिसन भेन्ट लगाइएको छ । यसमा ३४१ लिटरको बुटस्पेस समेत रहेको छ ।

डायमेन्सन

यसको लम्बाइ ३ हजार ९८८ एमएम, चौडाई १ हजार ७५४ एमएम र उचाई १ हजार ७५४ एमएम रहेको छ । यसको ह्वीलवेश २५ हजार १ एमएम रहेको छ  । लम्बाई, चौडाई र उचाइका आधारमा यो कार कम्प्याक्ट एसयूभी बराबर रहेको छ । यसको कुल तौल ९६१ किलोग्राम रहेको छ ।

प्रतिस्पर्धी मोडल

टाटा अल्ट्रोजले मारुती सुजुकी बलेनो, हुन्डाई इलाइट आई–२० सँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

सुरक्षा फिचर 

डबल एयरब्याग, एबीएससँगै इबीडी, आइएसओ फिक्स चाइल्ड सिट, पार्क असिस्टसँगै रियर पार्किङ सेन्सर, डे÷नाइट आइआरभीएम, स्पीड अलर्ट सिस्टम जस्ता फिचर दिइएको छ ।

इन्टेरियर/एक्सटेरियर

यसको इन्टेरियरमा ककपिटको जस्तै थिम दिइएको छ । यसमा सात इन्च फ्लटिंग टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, टीएफटी क्लस्टर डिस्प्लेको विशेषता दिइएको छ । यसको एक्सटेरियरमा डबल स्लिम हेडल्याम्प र स्टाइलिस ग्रिल, पियानो ब्ल्याक ओआरभीएम, फ्रन्टमा स्टाइलिस लुक र अगाडि  बडि कलर र पछाडि ब्ल्याक  डोर ह्यान्डल दिइएको छ । 

यसमा आकर्षक हेडलाइट, डेटाइम रनिंग लाइट र १७ इन्चको अलोय ह्वील लगाइएको छ ।

मूल्य

यसको मूल्य नेपाली बजारमा करिब ३२ लाख रुपैयाँ हाराहारीबाट सुरु हुने अनुमान गरिएको छ । 


Back_to_top