सार्वजनिक भयो टाटा अल्ट्रोज, यी हुन् खास फिचर

टाटा मोटर्सको पहिलो प्रिमियम ह्याचब्याक कार अल्ट्रोज भारतमा सार्वजनिक भएको छ ।  धेरै अघि सार्वजनिक हुने भनिएपनि विभिन्न कारणले यसको सार्वजनिकिकरणमा ढिला भएको कम्पनीले बताउँदै आएको थियो ।

कम्फर्ट, स्पेश, क्लासिक फिचर तथा ठूला कारको जस्तै पफर्मेन्सको कारण यसलाई उत्कृष्ट हुने बताइएको छ । नयाँ अल्फा प्लाटफर्ममा निर्माण भएको अल्ट्रोजमा विभिन्न विशेषता दिइएको छ । 

यसको चेसिसमा कम तौलको मेटलको प्रयोग गरिएको छ भने आकर्षक हेडलाइट, रनिंग लाइटको फिचर दिइएको छ । अल्ट्रोजमा अल ब्ल्याक ड्याशबोर्ड, चारओटा एयरकन भेन्टलगाइएको छ । यसमा ३४१ लिटरको बुटस्पेश दिइएको छ भने १७ इन्च अलोय ह्वील लगाइएको छ ।

टाटा अल्ट्रोजको लम्बाई ३९८८ एमएम, चौडाई १७५४ एमएम र उचाई १५०४ एमएम रहेको भने यसको ह्वीलवेश २५०१ एमएम रहेको छ । 

अल्ट्रोजमा १.२ लिटर टर्बोचार्ज थ्री सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । यसले ५५ सय आरपीएममा १०२ एचपी पावरका साथै १७५० देखि ४ हजार आरपीएममा १४० एनएम टर्क उत्पादन गर्छ । यसमा ७.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमको प्रयोग गरिएको छ ।


Back_to_top