टाटाका कमर्शियल गाडी किन्नेलाई उपहारै-उपहार

Not found

काठमाडौं । टाटा मोटर्सको लागि नेपालको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले दशैं तिहार र छठ पर्वलाई लक्षित गर्दै कमर्शियल गाडी खरिद गर्ने ग्राहकलाई आकर्षक योजना ल्याएको छ । कम्पनीले बस, ट्रक, ट्रिपर, माइक्रो लगायतका ठूला सवारी साधनमा स्क्राच कार्ड मार्फत स्योर सट गिफ्टका साथै आकर्षक उपहार प्रदान गर्ने भएको हो ।

कम्पनीका अनुसार एलसिभीटी, प्यानल भ्यान र पिकअप खरिदमा एलजी वासिङ मेसिनसँगै एलजी माइक्रोवेभ ओभन, सोनीको ४८ इन्च इन्टरनेट टिभि, स्यामसुङ एस १०, हुवाए पि३०,हिताचिको थ्री डोर फ्रिज, निकोन ५६०० क्यामरा, हिटाची १ टोन एसी मध्ये कुनै एक उपहार स्कृयाच कुपनबाट प्राप्त गर्न सक्ने छन् । 

त्यस्तै, यी मोडलको खरिद गर्ने ग्राहकले फोर नाइट फाइभ डेजको थाइल्यान्ड वा चीन टुर, दुई यूनिट खरिद गर्नेको लागि दुबई र रसियाको ७ नाइट ८ दिनको टुर र ३ यूनिटको लागि ४ रात ५ दिनको साउथ अफ्रिका घुम्नजाने अफर दिएको छ । 

यस्तै,कम्पनीले एचएन्ड एमसिभिटी, बस र आइभिटीमा एलजी वासिङ मेसिनसँगै एलजी माइक्रोवेभ ओभन, सोनी ५५ इन्चको स्मार्ट एलइडी टिभी, सामसुङ एलइडी टिभी, सामसुङ ग्यालेक्सी नोट १०, हुवाए प्रि ३० प्रो, हिताचि डोर बाइ डोर फ्रिज, निकोन ५६०० क्यामरासँगै एडिशनल लेन्स जस्ता उपहार स्कृयाच कुप्पनबाट जित्न सक्ने जनाएको छ । 

यस्तै, यी गाडी खरिद गर्नेले उपहारमा हिटाची १ टन एसी, जोर्डन घुम्ने अफर ४ रात ५ दिन, दुई युनिटको लागि युरोप टुर ६ रात ७ दिन वा सोनी ६५ इन्चको स्मार्ट टिभी प्रदान गर्ने कम्पनीले जनाएको छ । तीन युनिटको लागि युरोप टुर १० रात ११ दिनको प्याकेज प्रदान गर्ने कम्पनीको योजना रहेको छ  ।

यस्तै कम्पनीले बम्पर लक्की ड्र मार्फत  ७ जोडीलाई सामुद्रिक यात्रामा लैजाने भएको छ भने, १५ जनाको लागि दुबइ टुर, १३ जनालाई ३१० एलजी फ्रिज, सोनीको ५५ इन्च इन्टरनेट टिभी १५ जनालाई र १३ जनालाई स्यामासुङ नोट १० प्रदान गर्ने भएको छ । 



image not found