टाटा एच-५ को सुरुवाति मूल्य ५६ लाख ५५ हजार

काठमाडौं । सिप्रदी ट्रेडिङले टाटा मोटर्सको पछिल्लो उत्पादन अल न्यु एच ५ को सुरुवाति मूल्य ५६ लाख ५५ हजार रुपैयाँ तोकेको छ । कम्पनीले आजबाट सुरु भएको नाडा अटो शोमा मूल्य निर्धारण गरेको हो ।

सिप्रदी ट्रेडिङले २५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म लिएर एच ५ को बुकिङ्ग  केही दिन अगाडि खुलाएको थियो ।

कम्पनीले कार बुकिङ्ग गर्ने ग्राहकले बुकिङ्ग पश्चात् कार खरिद नचाहेको खन्डमा १२० प्रतिशत रकम फिर्ता दिने च्यालेन्ज योजना समेत ल्याएको थियो ।

एक्स इ भेरियन्टको मूल्य ५६ लाख ५५ हजार, एक्स एमको ६४ लाख ५५ हजार , एक्स टीको ६९ लाख ५५ हजार र एक्स जेडको ७४ लाख ५५ हजार रुपैयाँ मूल्य निर्धारण गरेको छ । 

एक्सइ यो एसयूभीको लो भेरियन्ट हो भने एक्सजेड टप भेरियन्ट हो । क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिन एच ५ मा दिएको इन्जिनले १३८ बीएच पावर र ३५० एनएम टर्क उत्पादन गर्छ ।

एच ५ को लम्बाई ४५९८ एमएम, चौडाई १८९४ एमएम, उचाई १७१४ एमएम रहेको छ । यसको ह्वीलवेश २७४१ एमएम रहेको छ भने, ग्राउन्ड क्लियरेन्स २०५ एमएम रहेको कम्पनीले जनाएको छ ।

यसमा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल र टाटाको अन्य मोडलमा उपलब्ध स्टेरिङ्ग ह्वील लगाइएको छ । एच ५ मा सुपर–ड्राइभ मोड दिइएको छ भने कम्फर्ट, अटो, डायनामिक र रफ–रोड गरी चार ड्राइभिङ अप्सन प्रदान गरिएको छ । 

मल्टी फक्शन स्टेयरिंग ह्वील, लेदर अपहोस्ट्री, एप्पल कार प्ले, एन्ड्रोइड सिस्टम लगायतका विशेषता एच५मा समेटिएका छन् । 


Back_to_top