टाटा ह्यारीयर नेपालमा H5 नाममा आउँने

Not found

काठमाडौं । केही समय अगाडि नेपाली बजारमा सार्वजनिक गर्ने तयारी भएपनि नामकै कारण सार्वजनिक हुन नसकेको ह्यारीयर अन्तत नेपाली बजारमा सार्वजनिक हुने भएको छ । सिप्रदी ट्रेडिङले आगामी नाडा अटो शोको अवसर पारेर भदौ १० गते ह्यारीयर सार्वजनिक गर्न लागेको उक्त कार एच ५ नाममा आउँने भएको हो ।

टोयोटाको ग्लोबल प्याटेन्ट दर्ता रहेको ह्यारीयर नाम नेपालमा समेत टोयोटाकै नाममा दर्ताभएकाले टाटा ह्यारीयर नेपालमा सार्वजनिक हुन सकेको थिएन । अब भने कम्पनीले एच ५ नाममा ह्यारीयर सार्वजनिक गर्ने तयारी गरेको हो । 

एच ५ नेपाली बजारमा संभवत डिउल टोन कलर अप्सनमा आउने छ । 

क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिन यूक्त यस एसयूभीले भारतीय बजारमा निकै राम्रो व्यापार गरिरहेको छ । जीप किलरको नाम पाएको ह्यारीयरमा दिएको इन्जिनले १३८ बीएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ ।

नाडा अटो शो २०१९ बाट आधिकारी बिक्री सुरु हुने एच ५ काे नेपाली बजारमा सुरुवाति मूल्य करिब ६५ लाखदेखि ८० लाखसम्म हुने अनुमान गर्न सकिन्छ ।



image not found