टाटा सफारीको नयाँ संस्करण आउँदै, ल्यान्ड क्रुजरसँग प्रतिस्पर्धा गर्ने

Not found

टाटा मोटर्सले आधुनिक इम्प्याक्ट डिजाइन २.० अवधारणामा आधारित भएर निर्माण भएको ‘टाटा सफारी’को नयाँ संस्करण बजारमा ल्याउने तयारी गरिरहेको छ ।

कम्पनीले सन् ११९८ बाटै उत्पादन सुरु गरेको सफारीलाई नयाँ स्वरुप, डिजाइन तथा फिचरसहित बजारमा ल्याउन लागेको हो । अफरोड भर्सनमा निर्माण भएको यो मोडलमा ७ सिट अप्पन दिइएको छ । 

नयाँ टाटा सफारीमा निकै ठूलो स्पेशयुक्त क्याबिन, मस्कुलर ह्वील आर्क, ठूलो साइजको ह्वील रहने कम्पनीले जनाएको छ । यसमा सार्प विंग मिरर, स्पोर्टी रुफ रेलको विशेषता दिइएको छ । यो मोडल केही समय अगाडि नेपाली बजारमा सार्वजनिक भएको एच ५ मा आधारित हुने जनाइएको छ । यसको लम्बाई ४३०० एमएम रहेको छ  ।

यसमा उपलब्ध २.० लिटर फोर सिलिन्डर डिजेल इन्जिनले १७० पीएस पावरका साथै ३५० एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड म्यानुअल र ६ स्पीड टर्क कन्र्भटर गियरबक्स दिइएको छ । टाटा सफारीको टप भेरियन्ट फोर ह्वील ड्राइभ अप्सनमा आउने छ । यसले मित्सुबिसी पजेरो, टोयोटा ल्यान्ड क्रुजरसँग प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले भारतमा लागु हुने नयाँ इमिशन मापदन्ड बीएस ६ अनुरुपको इन्जिनमा सफारी सार्वजनिक गर्ने तयारी गरेको छ ।



image not found