टाटा नेक्सनको एएमटी भर्सन सार्वजनिक, मारुतीको ब्रेजासँग प्रतिस्पर्धा

टाटा मोटर्सले नेक्सन एसयुबीको नयाँ एएमटी भ्यारियन्ट सार्वजनिक गरेको छ । पेट्रोल तथा डिजेल दुबै भ्यारियन्टमा ल्याइएको एसयुबीको पेट्रोलको बिक्री मुल्य ७ लाख ५० हजार भारु निर्धारण गरिएको छ ।

त्यस्तै डिजेल भ्यारियन्टको मुल्य ८ लाख ५३ हजार भारु रहेको छ । टाटा नेक्सन यो रेन्जमा सबभन्दा अफोर्डेबल एएमटी भ्यारियन्ट हो । भारतीय संचार माध्यमका अनुसार नेक्सन एक्सएमएलाई रेग्युलर एक्सएम भ्यारियन्टमा तयार पारिएको हो  । एक्सएमए पेट्रोल रेग्युलर भर्सन भन्दा ५९ हजार रुपैयाँ तथा डिजेल भर्जन ७० हजार महङ्गो रहेको छ  ।

नयाँ एमएमटी भ्यारियन्ट यसयुभी सार्वजनिक गरेसँगै कम्पनीले नेक्सनमा नयाँ ड्युल टोन आइभरी ह्वाइट रुफको अफ्सन दिएकोे छ । टाटा नेक्सन भारतको पहिलो एएमटी कार हो जुन पेट्रोल र डिजेल दुबै भ्यारियन्टमा इको, सिटी र स्पोर्ट ड्राइभिङ मोड दिइएको छ ।

भारतीय बजारमा यसको प्रतिस्पर्धा मारुतीको भिटारा ब्रेजासंग हुने अनुमान गरिएको छ ।

नेपालमा कहिले  ?

नेपालका लागि टाटा मोटर्सका आधिकारीक  बिक्रेता  सिप्रदी टेडिङका अनुशार नेपालमा पनि नेक्सनकाे एएमटी भ्यारियन्ट छिटै उपलब्द हुनेछ । एएमटी नेक्सन नेपाली बजारमा  पेट्रोल र डिजेल दुबै भ्यारियन्टमा उपलब्द हुनेछ ।


Back_to_top