टाटा नेक्सनमा नयाँ इफोटेन्मेन्ट सिस्टम, नयाँ भेरियन्ट पनि सार्वजनिक

काठमाडौं । टाटा मोटर्सले कम्प्याक्ट एसयूभी नेक्सनको ३ भेरियन्टमा ७.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । कम्पनीले नेक्सनको एक्सजेड, एक्सजेड प्लस, र एक्सजेड ए प्लसमा उक्त विशेषता दिएको हो ।

साथै कम्पनीले हालै मात्र सार्वजिनक भएकाे पेट्रोल भर्सनको नेक्सन एक्सटी प्लसको बारेमा जानकारी दिएको छ । 

नयाँ भर्सन एक्सटी प्लसमा डे टाइम रनिंग लाइट, प्रोजेक्टर हेडल्याम्प, ८ स्पीकर साउन्ड सीस्टम, यूएसबी एयूएक्स ब्ल्युटुथ, हाइट एडजस्टेबल ड्राइभर सीट, फ्रन्ट फग ल्याम्प, रीयर एसी भेन्टको विशेषता दिइएको छ । यसमा अटोमेटिक क्लाइमेट कन्ट्रोल र सार्क फिन एन्टेना दिइएको छ ।  

यो मोडलमा  १.२ लिटर टर्बाे पेट्रोल इन्जिनको विकल्प दिइएको छ भने इन्जिनमा एएमटी  गियरबक्स लगाइएको छ । यसले मारुती भिटारा ब्रेजा, फोर्ड इकोस्पर्ट, महिन्द्रा एक्सयुभी ३००, हुन्डाई भेन्युसँग प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ । 


Back_to_top