२२० किलोमिटर माइलेज दिने टाटाको पहिलो इलेक्ट्रीक कारको बिक्री सुरु

Not found

टाटा मोटर्सले अघिल्लो वर्ष भारतमा सरकारी अफिसको लागि बनाएको इलेक्ट्रीक कार ‘टिगोर इभी’ अब पब्लिकलाई बिक्री सुरु गरेको छ । कम्पनीले बिक्री सुरु गरेको इलेक्ट्रीक कारको रेञ्जसमेत बढाएको हो ।

टाटा मोटर्सका इन्टरनेशनल बिजनेश हेड सुजन रोयले एक महिना अगाडि मेरोअटोसँगको सम्वादमा कम्पनीले चाँडै भारतीय र नेपाली बजारमा टाटाका इलेक्ट्रीक कार बिक्री गर्ने बताएका थिए ।

आफ्नो पहिलो इलेक्ट्रीक कारको बिक्री सुरु गर्दै कम्पनीका इलेक्ट्रीक भेइकल डिभिजनका सेल्स, मार्केटिङ एण्ड कस्टुमर सर्भिस हेड अशेष डहरले भने ‘सरकारी ग्राहकको तुलनामा पब्लीकले निकै राम्रो माइलेज पाउने छन् । यसले इलेक्ट्रीक सवारीसाधन रुचाउने ग्राहक र सरकारी भिजनलाई सहयोग गर्नेछ ।’

जुनसुकै वातावरणमा व्याट्रीले उत्कृष्ट काम गर्न सकोस भनेर कम्पनले यसमा एडभान्स कुलिङ सिस्टम सहितको २१.५ किलोवाट क्षमताको व्याट्री दिएको छ । जसले एक पटकको फुलचार्जमा २२० किलोमिटर माइलेज दिनेछ । 


यसमा दिइएको व्याट्री घरमा रहेको सामान्य १५ एम्पायरको चार्जिङ सकेट र डिसी फास्ट चार्जर दुबै मोडमा चार्ज गर्न सकिने छ । यसमा रहेको व्याट्री एक पटक फुलचार्ज गर्दा २२ यूनिट विजुली खपत हुने छ ।

टिगोर इभीको परिमार्जित अगाडिको ग्रिल, व्ल्यू करल इभी डिकेल, स्टाइलिस ह्वील, सार्क फिन एनटेना र एलइडी हाइ माउन्टेड स्टप ल्याम्प जस्ता फिचरले कारलाई आर्कषक बनाएको छ ।

तीन कलर अप्सन ह्वाइट, व्ल्यू र सिल्भरमा उपलब्ध हुने यो कारको इन्टेरियर पनि निकै आकर्षक रहेको छ । व्ल्याक–ग्रे कलर थिममा सजाइएको ड्यास बोड, हाइट एड्जस्टेवल सिट, प्रिमियम सिट अपहोलइस्टीक, डबल एयरव्याग जस्ता फिचर यसमा उपलब्ध रहेका छन् ।

कम्पनीले एक्सइ प्लस, एक्सएम प्लस र एक्सटी प्लस गरि तीन भेरियन्टमा बजारमा उपलब्ध गराएको यो कारको सुरुवाति मूल्य ९ लाख ४४ हजार भारतीय रुपैयाँ तोकिएको छ । 

नेपालको लागि टाटाको आधिकारी बिक्रेता सिप्रदी ट्रेडिङले टिगोर इभीलाई केही महिना भित्रै नेपाली बजारमा बिक्री वितरण सुरु गर्ने अनुमान गरिएको छ ।  



image not found