भन्सार राजश्व उठाउन एउटा बैंकको एकाधिकार तोड्न माग

Not found

काठमाडौं । भन्सारमा राजश्व तिर्नका लागि एउटामात्र बैंकलाई जिम्मा दिँदा त्यसले असहज बनाएको भन्दै सबै बैंकलाई दिने व्यवस्था गर्न माग गरिएको छ । नाडा आटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी आर्थिक वर्षदेखि जुन सुकै वाणिज्य बैैंक (क वर्गका) मा राजश्व तिर्न सकिने व्यवस्था गर्न माग गरेको हो । 

हाल भन्सारमा राजश्व उठाउने जिम्मा एभरेष्ट बैंकलाई मात्र दिइएको छ । राजश्व बुझाउन निजी बैंक हुनुले पनि केही असहजता ल्याएको नाडाको भनाई छ । त्यसैले नाडाले सबै बैंकमा राजश्व तिर्न पाउने व्यवस्था गर्न सरकारलाई भनेको हो । 

नाडाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि दिएको सुझावमा ‘राजश्व बुझ्ने निजी बैंक रहेकोले २०७६ साल साउन १ गतेदेखि लागू हुनेगरी नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क वर्गका सबै वाणिज्य बैंकहरुमा राजश्व बुझाउन पाउने व्यवस्था हुनुपर्ने’ भनेको छ । 



image not found