टेस्लाले इलेक्ट्रिक डर्ट बाइक बनाउने

बिश्व चर्चित इलेक्ट्रीक कार निर्माता कम्पनी टेस्लाले इलेक्ट्रिक डर्ट मोटरसाइकल निमार्ण गर्ने संकेत गरेको छ ।

हालैमात्र साइवर ट्रक शोकेस गरेर चर्चा बटुलेको टेस्लाले फेरि इलेक्ट्रिक डर्ट बाइक बनाउने जानकारी दिएको छ ।

इलन मस्कले ट्वीट गर्दै उक्त जानकारी गराएका हुन् । एक ट्वीटर ह्यान्डले उनलाई ट्वीट गरि इलेक्ट्रिक एटीभीको बारेमा सोधेका थिए ।

उनले उक्त ट्वीटलाई रिप्लाइ गर्दै एटीभी २०२२ मा साइबर ट्रक एटीभी ग्राहकले किन्न सक्ने बताएका छन् । साथै उनले इलेक्ट्रीक डर्ट मोटरसाइकल समेत निमार्ण गर्ने बताएका छन् ।

साथै टेस्लाले रोड बाइक नबनाउने समेत जानकारी दिएका छन् । यसको कारण उनलाई १७ बर्षको उमेरमा मोटरसाइकल चलाउँदा ट्रकले ठक्कर दिएको समेत बताएका छन् ।

लक्जरियर इलेक्ट्रिक कार निमार्ताका रुपमा रहेको टेस्लाले बनाउने इलेक्ट्रिक डर्ट बाइक भने कस्तो होला भन्ने कौतुहलता मोटरसाइकल पारखी माझ नयाँ तरङग छाएको छ ।


Back_to_top