टेष्ट ड्राइभः मूल्य अनुसारको पावर, पर्फमेन्स, स्टाइल र आरमदायी एसयूभी हुन्डाई भेन्यू

Not found

काठमाडौं । हुन्डाई मोटर्सको पछिल्लो उत्पादन भेन्यू नेपाली बजारमा बिक्री सुरु भइसकेको छ । कम्पनीले भेन्यूको आधिकारीक बिक्री गत बिहिबारबाट सुरु गरेको हो । कम्पनीले ल्याएको भेन्यू तीन दिनपछिबाट सुरु हुने १४ औं संस्करणको नाडा अटो शोमा समेत शोकेस हुनेछ ।

हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले भेन्यूको नेपाली अटो क्षेत्रमा नै पहिलो पटक सबैभन्दा ठूलो मिडिया टेष्ट ड्राइभ अयोजना गरेर आफ्नो गाडीको अव्बलपनलाई मिडियाको अगाडि प्रस्तुत गरेको छ ।

करिब ५० मिडियाकर्मीले गाडीको टेष्ट ड्राइभ गरेका छन् । बिहान ११ बजेबाट सुरु भएको मिडिया टेष्ट ड्राइभमा उल्लेखनिय सहभागिताले नेपालमा मिडियाकर्मीको उत्शुकतालाई पनि प्रस्ट देखाएको थियो ।


उसोत नेपालबाट अन्तर्राष्ट्रिय मिडिया टेष्ट ड्राइभमा पनि लग्ने चलन सुरु भइसकेको छ । यस्तोमा नेपाली कम्पनीले नै यति ठूलो मात्रामा मिडियाकर्मीलाई बोलाएर यति ठूलो टेष्ट ड्राइभमाको अयोजना गरेको पहिलो पटक हो ।

टेष्ट ड्राइभ अनुभव

बिहान ११ बजे गोकर्ण रिसोर्टबाट सुरु भएको टेष्ट राईडमा आफुलाई मनलागेको एरियामा लगेर गाडी टेष्ट राईड गर्ने अवसर प्रदान गरिएको थियो । मैले भेन्यूको १.० लिटर टर्बोचार्ज्ड इन्जिन युक्त गाडी सुरुमा चलाउने मौका पाएको थिए ।

सुरुमा नयाँ गाडीमा बस्दा केही फरक अनुभव भएपनि केही छिनमै गाडीको स्टेरिङ्ग र सिटसँग आफुलाई एड्जस्ट गर्न कठिन भएन । १५०० आरपीएमपछि टर्बो एक्टीभेट हुने उक्त गाडीलाई गोकर्ण रिसोर्टबाट बाहिर निकाल्ने क्रममा सुरुमा रफ्तार दिन केही कठिन भएपनि करिब २०० मिटर तल झरेपछि टर्बो एक्टीभेट भयो । करिब २०० मिटरको लामो सिधा बाटोमा नै गाडीलाई एकसय किलोमिटर प्रतिघन्टाको रफ्तारमा गुडाउन पाउँदा कम्पनीले दाबी गरेको ९.६ सेकेन्डमा १०० रफ्तार भेट्टाउने दाबी सहि साबित भयो ।


मेरो गाडीमा ४ जना साथी थिए । तौलको हिसावले करिब ३५० किलो तौल गाडिमा हुँदो हो । मैले गाडीलाई गोर्कण रिसोर्टबाट बाहिर निकालेर मुलपानी क्रिकेट स्टेडियम, मुलपानी चोक हुँदै गोठाटार चोकसम्म चलाए । उक्त स्थानमा उकालो, कच्चीबाटो, साँघुरा घुम्ती र पक्की सबै किसिमको बाटो थियो ।

गाडीको पावर निकै उत्कृष्ट थियो, सबै गाडीमा बस्ने साथीहरुलाई सहजताको विषयमा मैले सोधेको थिए । उनिहरुले गाडीमा बस्दा निकै आरामदायी भएको बताएका थिए । करिब ५ किलोमिटरको यात्रापछि मैले गाडी घुमाए र पुनः गोकर्ण रिसोर्टतर्फ मोडे । पहिलेकै बाटो हुँदै गोर्कणको बाहिरिएको गेटबाट प्रबेश नगरि थलीहुँदै रिसोर्टको पछाडिको गेटबाट भित्र पसे ।

अन्तिममा साथिहरुलाई मैले सोधे यात्रा कस्तो रह्यो ? उनिहरुले एकै स्वरमा भने निकै रामदायी । यतिको खराव बाटोमा भेन्यूले यात्रुलाई आरामदायी यात्रा दिएको थियो । मैले पुनः १.२ लिटर एस भेरियन्ट चलाउने निर्णय गरे ।

पहिलेको भन्दा कम पावर भएको उक्त गाडी चलाउँदा बाटो अनुसार पावर अपुग देखिएन । यस पटकको यात्रामा साथीहरु थिएनन् । म एक्लै थिए । गाडीलाई मैले रिसोर्टको गेटबाट थली तर्फको उकालोमा लगे । ४ नम्बर  गियरमा सहजै गाडीले उकालो पार गर्यो ।


डिजाइन

यसको डिजाइन हेर्ने बित्तिकै मानिसलाई आकर्षित गर्ने खालको छ । भेन्यूमा कोना तथा नयाँ सान्टाफेमा जस्तै एलइडी डीएलआर सहित स्प्लीट हेडल्याम्प, आकर्षक फ्रन्ट ग्रिल रहेको छ । एलइडी टेललाइट, डाइमन्ड–कट अलोय ह्वील भएको भेन्यूको लम्बाई ३९९५ एमएम, १७७० एमएम चौडाई र १५५० एमएम उचाई रहेको छ भने, ह्वीलबेस २५०० एमएम रहेको छ ।


इन्टेरियर

भेन्यूमा ८ इन्चको टचस्क्रिनसहित उत्कृष्ट ड्यासबोर्ड रहेको छ । कारको क्याविन निक्कै आरामदायी बनाइएको छ । क्याबिनमा पनि पर्याप्त स्पेस रहेको छ भने बुट स्पेस पनि ठूलो रहेको छ ।

विशेषता

हुन्डाई भेन्यू फुल लोडेड रहेको छ । टप स्पेक भेन्यूमा क्रुज कन्ट्रोल, सनरुफ, वायरलेस चार्जिङ, रेयर एसी भेन्ट, पार्किङ क्यामरालगायत विशेषता रहेका छन् । त्यस्तै भेन्यूमा भएको मुख्य कुरा ब्लू लिंक कनेक्टिभिटी हो । यसमा सुरक्षासहितका ३३ वटा विशेषता रहेका छन् ।

इन्जिन तथा गियर बक्स

हुन्डाई भेन्यू ३ इन्जिन अप्सनमा उपलब्ध रहेको छ । १.० लिटर ३ सिलिन्डर टर्बो चार्ज्ड पेट्रोल इन्जिन अप्सनमा पनि भेन्यू उपलब्ध छ । यसले १२० एचपी पावर र १७२ एनएम टर्क दिन्छ । यो अप्सनमा ६ स्पीड म्यानुअल र सेगमेन्टमै युनिक ७ स्पीड डूअल क्लच अटोमेटिक ट्रान्समिसनमा समेत उपलब्ध रहेको छ ।

१.४ लिटर फोर सिलिन्डर डिजेल इन्जिन जसले ९० एचपी पावर र २२० एनएम टर्क दिन्छ । यसमा ६ स्पीड गियरबक्स रहेको छ । साथै १.२ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिन जसले ८३ एचपी पावर र ११५ एनएम टर्क दिन्छ । यसमा ५ स्पीड मेनुअल गियरबक्स छ ।


मूल्य र प्रतिस्पर्धी

हुन्डाईको कम्प्याक्ट एसयूभी भेन्यूले भारतीय बजारमा मारुती भिटारा ब्रेजा, टाटा नेक्सन, फोर्ड इकोस्पोर्ट तथा महिन्द्रा एक्यूभी–३०० सँग प्रतिस्पर्धा गर्नेछ ।

पेट्रोल भेरियन्ट १.२ लिटर कापा इन्जिनमा दुई भेरियन्ट उपलब्ध रहेको छ । जसमा इ भेरियन्टको मूल्य ३४ लाख ९६ हजार र एस भेरियन्टको मूल्य ३७ लाख ९६ हजार रुपैयाँ रहेको छ । त्यस्तै १.० लिटर टर्बो इन्जिनमा तिन भेरियन्ट उपलब्ध रहेको छ जसमा एस भेरियन्टको मूल्य ४१ लाख ९६ हजार, एसएक्स भेरियन्टको म्ूल्य ४८ लाख ९६ हजार र टप भेरियन्ट एसएक्स (ओ) को मूल्य ५३ लाख ५६ हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै अटोमेटिक भेरियन्ट दुई अप्सनमा उपलब्ध रहेको छ । जसमा एस भेरियन्टको मूल्य ४६ लाख ९६ हजार र एसएक्सको मूल्य ५५ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले १.४ लिटर डिजेल इन्जिनलाई दुई भेरियन्टमा उपलब्ध गराएको छ । जसमा एस भेरियन्टको मूल्य ४२ लाख ५६ हजार र एसएक्सकाे मूल्य ४८ लाख ५६ हजार रुपैयाँ तोकिएको छ । 



image not found