थलीकाे हिलाे बाटाेमा मेयर हिडे, अब त सुधार हाेला की !

काठमाडौं । विगत चार वर्षदेखि विस्तारको क्रममा रहेको चावहिल साँखु अन्तर्गतको बाटो अझै सम्पन्न नभएको विरोधमा आज विहानदेखि  स्थानीयले बजार तथा यातायात बन्द गरेका छन् ।  नगरपालिकाले पटक पटक संर्घष समितीले दिएको अल्टिमेटम तथा संझौता अनुसार केहि काम नगरेकोले आज बाध्य भएर बाटो बन्द गर्नु परेको कागेश्वरी मनाेहरा नगरपालिका वडा ४ र ५ सडक निर्माण संघर्स समितीका अध्यक्ष  मनिस सिंखडाले बताए ।  

लामोसमयदेखि अस्तब्यस्थ रहेको बाटो निर्माणमा कसैले चासो नदेखाएको भन्दै थलीखण्डमा स्थानीयले विरोध जनाउँदै दास्रो पटक बाटो तथा बजार बन्द गरेका हुन् । बाटो निर्माण सुरु भएको यतिका वर्षसम्म पनि नबन्नु र सुरु भएको  बर्षा सिजनसँगै सुरु भएको बर्षातका कारण हिड्नै नसक्ने अवस्था सृजना भएको तथा अफिस जादा जाडो होस या गर्मि सधै रेनकोट लगाएर हिड्नु परेपछि स्थानीयबासीले सांकेतिक विरोध स्वरुप  सडक र बजार बन्द गरेका हुन् थलीका स्थानीय श्याम पौडेल खत्रीले बताए ।

कागेश्वरी मनोहरा नगरपालिकाको मुख्य कार्यालय रहेको थली सडकखण्डको प्रयोग शंकरापुर नगरपालिकादेखि मेलम्चीसम्मका मानिसले गर्दै आएका छन् । यो बाटोमा समस्या आएसँगै दैनिक २-३ वटा दुर्घटना भइरहेका छन् । 

सडकको यस्तो अवस्था रहेको समयमा कागेश्वरी नगरपालिकाका मेयर कृष्णहरि थापाले आफ्नो घर र अफिस आवतजावत गर्ने समयमा थलीको बिग्रियको मुल बाटो प्रयोग नगरी नेपाल ट्रस्टको नाममा रहेको गोकर्ण रिसोर्ट भित्रको बाटो प्रयोग गर्न थालेपछि स्थानीयले आज उनलाई बाटोमै रोकेर हिलो बाटोबाट हिड्न बाध्य बनाएका थिए ।  

स्थानीय नगरपालिकाका मेयरले आफै सडकमा उपस्थित भएर बाटो बन्ने प्रतिवद्धता गरेता पनि आज ८ बजेदेखि ९ बजे सम्म बन्द भनेको बाटो सुधारको काम गर्ने डोजर आएर काम सुरु नभएसम्म बाटो सुचारु नगरिने सघर्स समितीका अध्यक्ष सिंखडाले बताए । 


Back_to_top