ग्रान्ड अटो कप बिहिबार हुने

Not found

काठमाडौं । विगत ५ वर्षदेखि हुँदै आएको द ग्रान्ड अटो कप यो वर्ष पनि हुने भएको छ । यो द ग्रान्ड अटो कपको पाँचौं संस्कर हो । नेपाली बजारमा रहेका अटोमाबाइल ब्रान्डबीच अन्तर ब्रान्ड मैत्री फुटसल हुँदै आएको छ । 

यस्ता कर्पोरेट खेलेले सहकार्यमा बढावा पुग्ने, नेटवर्क विस्तार हुने, मोटिभेसनलगायतको विकास हुने अपेक्षा आयोजकले राखेको छ । 

अटो कप २०१८ अशोक लेल्यान्डले जितेको थियो भने दोस्रो टीभीएस र तेस्रो जेसीबी भएका थिए । अटो कप २०१९ मा ८ वटा कम्पनीले सहभागिता शुनिश्चितता गरि सकेको र अन्यले गराउने क्रममा रहेका छन् । 

ग्रान्ड अटो कप ड्रिम्स मर्चेन्टले आयोजना गर्दै आएको छ । आगामी बिहिबार खेल हुने र शुक्रबार पुरस्कार वितरण हुनेछ । अटो कपको सहप्रायोजक हिट्को प्राली रहेको छ । 



image not found