यी हुन् नेपाल आउने तयारीमा रहेका ३ नयाँ इलेक्ट्रीक कार

Not found

नेपालमा इलेक्ट्रीक सवारीसाधनको बिक्रीमा क्रमिकरुपमा वृद्धि हुँदै गएको छ । अहिले नेपाली बजारमा केही चिनियाँ ब्रान्डसहित नाम चलेका महिन्द्रा, हुन्डाई, किया, बिवाइडी र एमजीले इलेक्ट्रीक कार बिक्री गर्दै आएका छन् ।

यस्तोमा अन्य कम्पनीहरुले पनि इलेक्ट्रीक कारहरु ल्याउने तयारी गरिरहेका छन् । नेपालमा सरकारी तवरबाटै इलेक्ट्रीक कारको प्रयोगलाई बढवा दिन प्रयास भइरहेकाले त्यसमा कम्पनीको उत्पादनहरु बिक्रेताको माध्यमबाट नेपाल आउने क्रम जारी रहेको छ ।

सन् २०७४ को तुलनामा २०७५ मा इलेक्ट्रीक सवारीसाधनको बिक्री तिन गुणाले भएसँगै चालु वर्षमा समेत निकै राम्रो बिक्री हुने देखिएको छ । अहिले बजारमा हुन्डाई कोना, किया निरो र एमजी जेडएसको बीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

सन् २०२० को सुरुवातबाटै इलेक्ट्रीक कारहरु अझै थपिने पक्का जस्तै रहेको छ । जसमा टाटा टिगोर इभी, महिन्द्रा इलेक्ट्रीक केयूभी र रेनोको जोय इभी नेपाली बजारमा आउने छन् । 

टाटा टिगोर इभी

टाटा मोटर्सको पहिलो इलेक्ट्रीक कार ’टिगोर इभी’को अपडेटेड भर्सन ल्याएसँगै भारतमा सर्वसाधारणलाई बिक्री सुरु भएको छ । अब कम्पनीले उक्त इलेक्ट्रीक कारलाई नेपाली बजारमा बिक्री सुरु गर्ने जनाएको छ । संभवत कम्पनीले आगामी जनवरीबाट यसको नेपालमा बिक्री सुरु गर्नेछ । 

कम्पनीले टिगोर इभीलाई भारतमा एक्सई प्लस, एक्सएम प्लस र एक्सटी प्लस गरी ३ भेरियन्टमा उपलब्ध गराएको छ । तर, नेपालमा कुन कुन भेरियन्ट आउँछ भन्ने विषयमा केही खुलाइएको छैन । यसको भारतमा सुरुवाति मूल्य ९ लाख ४४ हजार रुपैयाँदेखि १३ लाख ९ हजार भारुसम्म तोकिएको छ ।


भारतीय बजारमा बिक्री हुने सुरुवाति मूल्यको कारको मूल्य २२ लाखदेखि टप स्पेकको नेपाली बजारमा ३० लाख रुपैयाँ हारहारीमा पर्ने अनुमान गरिएको छ ।

टिगोर इभी एक पटकको फूल चार्जमा २ सय १३ किलोमिटरसम्म चल्न सक्छ । यसमा २१.५ केडब्लुएचको ब्याट्री प्याक दिइएको छ । कारमा ७२ भी–३ फेस एसी इन्डक्सन मोटर छ । जसले ४५ सय आरपीएममा ३० केडब्लू पावर र २५ सय आरपीएममा १ सय ५ एनएम टर्क उत्पादन गर्छ । यो कारमा दुई ड्राइभिङ मोड रहेको छ ।

कारको ग्रिलमा दिइएको सिग्नेचर इभी डिकेलले कारलाई आकर्षक बनाएको छ भने रिडिजाइन अलोय ह्वील, सर्क फिन एन्टेना, एलइडी स्टप ल्याम्प र व्ल्याक ग्रे कलरको ड्यासबोर्डले कारलाई निकै उत्कृष्ट बनाइएको छ । 

कम्पनीले टिगोर इभी बिभिन्न तीन कलर अप्सनमा बजारमा ल्याएको छ । जसमा ह्वाइट, व्ल्यू र सिल्भर रहेका छन् ।

महिन्द्रा इ–केयूभी

भारतीय सवारी उत्पादन कम्पनी महिन्द्राले इलेक्ट्रीक माइक्रो एसयूभी ‘केयूभी–१००’ को प्रोटोटाइप रिभ्यू गरेको छ । महिन्द्राले इलेक्ट्रीक केयूभी–१०० लाई प्राथमिकताका साथ उत्पादन गर्ने उद्देश्यले प्रोटोटाइपको रिभ्यू पुरा गरेको हो । कम्पनीले भारतीय बजारमा यसलाई आगामी फेब्रुअरी पहिलो साता सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

नेपाली बजारमा सुरुवातदेखि नै इलेक्ट्रीक कार बिक्री गर्दै आएको कम्पनीले केयूभी १०० पनि भारतमा सार्वजनिक भए लगत्तै नेपाल ल्याउने अनुमान गरिएको छ । 


यो कारमा ४० किलोवाटको नयाँ मोटर दिइएको छ । यसमा प्रयोग भएको व्याट्री ५ घण्टा ४५ मिनेटमा घरायसी प्रयोजनको रेगुलर चार्जरबाट फुल चार्ज गर्न सकिन्छ भने, ४५ मिनेटमा फास्ट चार्जरबाट ८० प्रतिशत चार्ज गर्न सकिने दाबी गरेको छ । 

इकेयूभी–१०० ले एक पटकको फुल चार्जमा १५० किलोमिटरसम्म माइलेज दिने छ । यो गाडीको लम्बाई ३७०० एमएम, चौडाई १७३५ एमएम र उचाई १६५५ एमएम रहेको छ भने ह्वीलवेस २३८५ एमएम रहेको छ । 

लिथियम आयोन व्याट्री प्रयोग भएको महिन्द्रा इकेयूभी–१०० करिब २५ देखि ३० लाख रुपैयाँसम्ममा नेपालमा बिक्री हुने अनुमान गर्न सकिन्छ । महिन्द्राको इकेयूभी निक्कै प्रतिक्षित कारको रुपमा रहेको छ । 

रेनो जोइ

फ्रान्सेली अटो निर्माता कम्पनी रेनोले सहरी क्षेत्रलाई ध्यानमा राखेर निर्माण गरेको इलेक्ट्रीक कार जोइ नेपाली बजारमा आउन सक्ने अर्को इलेक्ट्रीक कार हो । रेनो जोइ युरोपियन बजारमा सर्वाधिक बिक्री हुने इलेक्ट्रीक कारमा पर्छ । यसले युरोपियन बजारमा निशान लिफसँग प्रतिस्पर्धा गरिरहेको छ । 

रेनोले जोइलाई २ फरक ब्याट्री पावर अप्सनको साथ बजारमा ल्याएको छ । पहिलो कमरेन्जमा २२ किलोवाट क्षमताको ब्याट्री प्रयोग गरिएको छ । जसले एक पटकको फुलचार्जमा १६० किलोमिटर माइलेज दिनेछ भने, ४१ किलोवाटको ब्याट्री प्याकले २८८ किलोमिटर माइलेज दिनेछ ।


यसमा रहेका फिचरमा कि कार्ड इन्ट्री, पुस स्टाट बटम, ७ इन्च टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, टिएफटी ड्यास बोर्ड, क्रुजकन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रीक फ्रन्ट विन्डोजजस्ता फिचर रहेका छन् । यो कार यात्राको लागि निकै आरामदायी रहेको छ । कारमा सेन्सर युक्त क्लाइमेट कन्ट्रोल, एयर कन्डिसन, एन्टी लक ब्रेकिङ सिस्टम, एमरजेन्सी ब्रेक एसिस्ट, एयरब्यागलगायतका सुरक्षा मापदण्ड अपनाइएको छ ।

१६ इन्च अलोय ह्वील, क्रोम फ्रन्ट ग्रिल सराउन्ड, लेदर स्टेरिङ ह्वील, अटोमेटीक लाइट, रेन सेन्सिङ वाइपर, इलेक्ट्रीक रियर विन्डोज,  अपग्रेडेड साउन्ड सिस्टम, रियर पार्किङ सेन्सर जस्ता फिचर दिइएको छ ।

नेपाली बजारमा नाडा अटो शो २०१८ मा ल्याइएको यो कार अब व्यवसायीक रुपमा ल्याउने तयारी भइरहेको छ । यो कारको बेलायती बजारमा १४ हजार पाउन्डदेखि २० हजार पाउन्डसम्ममा बिक्री वितरण भइरहेको छ ।



image not found