दशैंमा सर्वाधिक बिक्री भए यी ३ स्कुटर

Not found

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा विभिन्न सेग्मेन्टका स्कुटर बिक्री भइरहेका छन् । साथै, स्कुटरप्रति ग्राहकको आकर्षण समेत बढ्दो छ । 

त्यसमा पनि, अघिपछिको समयमा भन्दा चाडपर्वको समयमा सवारीसाधन बिक्री धेरै हुने गर्छ । यसको मुख्य कारण यो समयमा विभिन्न कम्पनीले स्कुटर खरिदमा आकर्षक अफर प्रदान गर्ने भएकाले पनि हो । 

नाडा आटो शोबाट छठ पर्वसम्मको समयलाई मध्यनजर गर्दै कम्पनीहरुले अफर ल्याएका हुन्छन् भने ग्राहकले पनि यही मौकामा किन्ने गरेका छन् । 

होन्डाको डियो, ग्राजिया र टीभीएस एनटर्क यो समयमा सबैभन्दा बढी बिक्री भएका स्कुटर हुन् । हामीले यी मोडलको मूख्य फिचरलाई यहाँ प्रस्तुत गरेका छौँ । 

होन्डा डियो

होन्डा डियो नेपाली स्कुटर बजारको करिब ४० प्रतिशत बजार हिस्सा ओगट्ने मोडलको रुपमा रहेको छ । अहिले नेपालमा वार्षिक एकलाख १५ हजार यूनिटको हाराहारीमा स्कुटर बिक्ने गरेको छ । 

स्टाइलिस डिजाइन र आकर्षक कलर डियो स्कुटरको मुख्य विशेषता हो । यस स्कुटरमा एलइडी हेडलाइट जडान गरिएको छ भने, मेटसेड, मार्शल ग्रीन मेटेलिक तथा एक्सिस–ग्रे मेटेलिक कलरमा उपलब्ध रहेको छ । यसमा डिजिटल स्पीडोमिटर र ट्रीपमिटर जस्ता विशेषता उपलब्ध रहेको छ ।


साथै यो स्कुटरमा फ्रन्ट एन्ड रियर क्यारी हुक, लो–फ्यूल वार्निङ ल्याम्प, फोरइन–वानलक सिट ओपनर स्वीच, अल डिजिटल कन्सोल तथा मोबाइल चार्जिङजस्ता फिचर दिइएको छ ।

यसमा उपलब्ध १०९.१९ सीसी सिङ्गल सिलिन्डर एयरकुल्ड इन्जिनले ७००० आरपीएममा ८ बीएच पावर तथा ५५०० आरपीएममा ८.९१ एलएम टर्क पावर उत्पादन गर्छ । यसको इन्जिनमा भी–मेटिक सीभीटी गियरबक्स जडान गरिएको छ भने, यो स्कुटर भारतीय प्रदुषण मापदन्ड बीएस फोरमा आधारित रहेको छ । यसको मूल्य १ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

टीभीएस एनटर्क १२५

टीभीएसको सर्वाधिक बिक्री हुने एनटर्क १२५ स्कुटर ड्रम र डिस्क ब्रेक अप्सनमा उपलब्ध रहेको छ । डिस्क ब्रेक भेरियन्टको मूल्य दुई लाख २४ हजार नौ सय रुपैयाँ र ड्रम ब्रेक भेरियन्टको मूल्य २ लाख १४ हजार ९०० रुपैयाँ रहेको छ ।

एनटर्कमा एलईडी डे–टाइम रनिङ्ग लाइट भए तापनि हेडलाइट एलइडीमा छैन तर कम्पनीले अब ल्याउने मोडलमा भने एलइडी हेडल्याम्प रहेको छ । अन्डर–सीट स्टोरेज क्षमता उत्कृष्ट रहेको एनटर्क स्टाइल र स्पोर्टी लुक्सको कारण युवाहरूको रोजाईमा पर्न सफल भइसकेको छ । 

 

यो स्कुटर सेग्मेन्टमा नै पहिलो ब्लू–टुथ इन्बेल्ड इन्ट्रुमेन्ट कल्सटर दिइएको छ ।  यसको प्रयोग स्मार्टफोनको सहयोगले नेभिगेशनमा गर्न सकिन्छ ।

एनटर्क स्कुटरमा तीन–भल्व टेक्नोलोजीको प्रयोग गरिएको छ । यसको इन्जिनले ९.३ बीएच पावर र १०.५ एनएम–टर्क जेनेरेट गर्छ । यसको टप–स्पीड क्षमता प्रतिघन्टा ९५ किलोमिटर रहेको छ  ।

होन्डा  ग्राजिया

नेपाली बजारमा धेरै बिक्री हुने होन्डाको ग्राजिया स्कुटर स्टाइलिस र पफर्मेन्सको कारण चर्चामा छ । अटोमेटिक एलइडी हेडलाइट भएको यो पहिलो स्कुटर हो । त्यसैगरी, थ्री स्टेप ईकोस्पीड इन्डिकेटर यसमा दिइएको छ । जसका कारण आवश्यकताअनुसारको स्पीड लिन सकिन्छ । स्कुटरमा यूएसबी चार्जिङ्ग पोइन्ट, अलोय–ह्वील, फ्रन्ट डिस्क–ब्रेक लगाइएको छ । 


होन्डा ग्रजियामा १२५ सीसी एयरकुल्ड फोर–स्ट्रोक इन्जिन प्रयोग गरिएको छ । यसले ८.५२ बीएच पावर र १०.५४ एनएम–टर्क प्रदान गर्छ । यसको ह्वीलवेश १२६० एमएम रहेको छ । यो सेल्फ र किक दुवै तरिकाले स्टार्ट गर्न सकिन्छ । यसको बजार मूल्य २ लाख १८ हजार रहेको छ । ग्राजिया एक लिटर पेट्रोलमा ६० किलोमिटरसम्म चलाउन सकिने एआरएआईले प्रमाणित गरेको छ । 



image not found