असार १६ बाट रात्री सेवा सञ्चालनमा ल्याउँदै त्रिभुवन विमानस्थल

Not found

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रात्री सेवा असार १६ गतेबाट सञ्चालनमा आउने भएको छ । चैत १८ गतेदेखि धावनमार्ग स्तरउन्नतिको लागि बन्द रहेको रात्री सेवा सञ्चालनमा आउन लागेको हो । 

हालसम्म धावनमार्गको सेन्ट्रल लाईन २० मिटरमा काम भइसकेको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिए । 

उनका अनुसार अब माथिल्लो साइडको धावनमार्ग निर्माणको काम मात्र बाँकी रहेको छ । मौसम तथा अन्य अवरोध नआए समयमै धावनमार्ग मर्मत भइसक्ने र सञ्चालनमा आउने उनले बताए । बाँकी काम १५ दिनसम्ममा सकिने उनले जानकारी दिए । 


‘अब धावनमार्गको ६ मिटरमा मात्र काम बाँकी छ, त्यो काम सरासर भयो भने १२ देखि १५ दिनमा सकिन्छ, त्यसलगत्तै रात्री सेवा सञ्चालनमा ल्याउने छौँ,’ तिवारीले मेरोअटोसँग भने । 

हाल राती १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुने गरेको छ । जसका कारण विमानस्थल दैनिक १० बन्द हुन्छ । उक्त कारणले ३ महिनाका लागि १५ प्रतिशत उडानसमेत कटौति गरिएको थियो । 

विमानस्थलको मुख्य रनवेमा ठाउँ–ठाउँमा चिरा देखिएकाले मर्मत गर्ने काम भइरहेको छ  । 



image not found