यी ७ कुरा बुझेर मात्रै किन्नुहोस् एडभेन्चर बाइक

काठमाडौं । पछिल्लो समय एडभेन्चर बाइकको बजार विस्तार हुँदै गएको छ । अफरोड भर्सनमा निर्माण हुने एडभेन्चर बाइक युवापुस्ताको विशेष रोजाइमा पर्ने गरेका छन् । 

एडभेन्चर बाइक उच्च पर्फमेन्स, पावरफुल इन्जिन, आकर्षक लुक्स तथा बडी डिजाइनका कारण चर्चामा आउने गर्छन् । जस्तोसुकै सडकमा सहजै गुड्ने भएकाले पनि टाढा र अप्ठ्यारो सडकको यात्राको लागि यही बाइकको छनौट गरिन्छ । 

आउदै गरेको चाडपर्वको अवसरमा डर्ट बाइक खरिद गर्ने सोच बनाएकाहरुले खरिद गर्नु पूर्व थाहा पाउनुपर्ने केही तथ्य यस्ता रहेका छन् ।

बाइक बारे बुझ्ने

अरुले भनेको भरमा मात्रै बाइक किन्दा पछि चित्त नबुझ्न सक्छ । त्यसैले, आफुले किन्न चाहेको एडभेन्चर बाइकको कम्पनी, पार्टपुर्जाको उपलब्धता, मूल्य, जस्ता बाइक सम्बन्धीत आवश्यक कुरा वेभसाइटमा खोजेर अध्ययन गर्नु पर्छ । 

बाइकको इन्जिन, विशेषता,  माइलेज, सेकेन्ड ह्यान्ड बजारमा बेच्नु पर्दा कतिसम्म रिसेल भ्यालु आउछ त्यसबारे बुझ्नुपर्छ ।

बजेट

एडभेन्चर भर्सनका बाइकको मूल्य समान्य बाइकको भन्दा बढी हुने गरेको छ । त्यसैले पनि यस्ता बाइक खरिदगर्नु पूर्व आवस्यक बजेटको तर्जुमा गर्नु पर्छ । बाइकको मूल्य कति छ, आफुले कतिसम्म तिर्न सक्छु भन्ने आधारमा योजना बनाउनु पर्छ ।

फाइनान्सको सुविधा लिने योजना भए सोही अनुसार निर्णय गर्नु पर्छ । नयाँ बाइकमा सामान्यत केही एसोसरिज हाल्नु पर्ने हुन सक्छ । त्यसका लागि आवस्यक थप बजेट तयार पार्नु पर्छ । साथै, बाइक सुहाउदो हेलेमट, बुट, ज्याकेटलगायतका वस्तुसमेत खरिदगर्दा राम्रो हुन्छ । त्यसको लागि समेत बजेट तयार पार्नु उत्तम मानिन्छ । 

समय

बाइक हतारमा किन्ने चिज होइन । बाइक खरिदगर्दा अनुकुल समयमा सोचेर, एडभेन्चर बाइक खरिद गरिसकेकाहरुसँग छलफल गरेर मात्रै योजना बनाउनु पर्छ । कुन कम्पनीको कस्तो बाइक किन्ने, कति मूल्यसम्मको बाइक किन्ने हो सोही अनुसार योजना बनाउनु पर्छ ।

कन्डिसन

बाइक खरिद गर्नुपूर्व खरिदकर्ताले मोटरसाइकलको फ्यूल क्षमता, इन्जिन, फे्रम, सन्सपेन्सन ब्रेक, बियरिङ्ग, फ्लूडलिक, ब्याट्रीलगायत मोटरसाइकलको अन्य सम्पूर्ण पार्टपूर्जाको अवस्था के छ भन्ने अध्ययन गर्नुपर्छ ।

फाइनान्सिङ्ग सुविधा

आफुसँग पर्याप्त बजेट नभएको अवस्थामा फाइनान्सको सुविधा लिन सकिन्छ । कम्पनीले कुन फाइनान्ससँग कति प्रतिशत ब्याजदरमा बाइक बेच्छ, आफ्नो आर्थिक अवस्था अनुसार मासिक किस्ता तिर्न सक्छु वा सक्दिन भन्ने निक्र्योल गर्नुपर्छ ।

टेष्ट–ड्राइभ

मोटरसाइकल किन्नुपूर्व एकपटक टेस्ट–ड्राइभ गर्नु निकै आवस्यक हुन्छ । जसले मोटरसाइकलको माइलेज, अवस्था तथा कन्डिसनबारे बुझ्न सजिलो बनाउँछ ।

ब्लू–बूक र वारेन्टी

एडभेन्चर बाइक खरिदगर्दा सबैभन्दा ध्यान दिनुपर्ने कुरा हो, मोटरसाइकलको कागजात । मोटरसाइकलको ग्यारेन्टी, वारेन्टी, पार्ट पुर्जामा छुट बारे कागजी सम्झौता भएको हुनु पर्छ ।


Back_to_top