२५० सीसीका टप ५ मोटरसाइकल, यस्तो छ मूल्य र पावर

काठमाडौं । नेपालमा २५० सीसी क्षमताका मोटरसाइकल विशेषगरि युवा पुस्ताको रोजाइमा पर्ने गरेको पाइन्छ । नेपालको कच्ची बाटो होस् वा हाइवे सबैखाले बाटोमा २५० सीसी क्षमताको बाइकको प्रदर्शन राम्रो रहेको देखिन्छ ।

अहिले बजारमा मुख्यत सबै ब्रान्डले २५० सीसी सेग्मेन्टमा मोटरसाइकल बिक्री गर्दै आएका छन् । बजाजले भने २२० सीसी क्षमताको मोटरसाइकललाई नै उक्त समूहमा प्रतिस्पर्धा गर्न सक्नेगरि बिक्री वितरण गर्दै आएको छ ।  

त्यसैले हामीले ठ्याक्कै २५० सीसी सेग्मेन्टमा रहेको उच्च क्षमता भएका ५ मोटरसाइकलको विशेषता तथा मूल्यका बारेमा तपाईंलाई जानकारी गराउने कोशिष गरेका छौँ ।

यामाहा एफजेड–२५


२४९ सीसीको इन्जिन क्षमता भएको यामाहा एफजेड–२५ मूल्य नेपाली बजारमा ३ लाख ८९ हजार नौ सय रुपैयाँ रहेको छ । यो बाइकले ८००० आरपीएममा २०.९ पीएस पावर तथा ६००० आरपीएममा २० एनएम टर्क जेनेरेट गर्छ ।

पाँच गियरको गियरबक्स दिइएको यो बाइकको टप स्पीड १४१ किलोमिटर प्रतिघन्टा रहेको छ । प्रतिलिटर ३७ किलोमिटर माइलेज दिने यो बाइकमा फ्यूल ट्याङ्क क्षमता १४ लिटर रहेको छ ।

सीएफ मोटो–२५० एनके


२५० सीसी क्षमताको यो बाइकको ५ लाख २५ हजार ५०० रुपैयाँ रहेको छ । यो बाइकले ९००० आरपीएममा २७ बीएचपी पावर तथा ७५०० आरपीएममा २२ एनएम टर्क जेनेरेट गर्छ ।

६ गियरको गियरबक्स दिइएको यो बाइकको प्रतिलिटर २५ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ । साथै, यो बाइकमा फ्यूल ट्याङ्क क्षमता १३.५ लिटर रहेको छ ।

बेनेली टीएनटी–२५


२४९ सीसी क्षमताको बेनेली टीएनटी–२५ बाइकको मूल्य ४ लाख ५० हजार रहेको छ । यस बाइकले ९८०० आरपीएममा २८.१६ बीएचपी पावर तथा ८००० आरपीएममा २१.६१ एनएम टर्क जेनेरेट गर्छ ।

६ स्पीड गियरबक्स दिइएको यस बाइकको टप स्पीड १४५ किलोमिटर प्रतिघन्टाको रफ्तार रहेको छ । प्रतिलिटर ३० किलोमिटर माइलेज रहेको यो बाइकमा १७ लिटर इन्धन अट्ने ट्याङ्की दिइएको छ ।

केटीएम ड्यूक–२५० 


२४८.८ सीसी क्षमताको यो बाइकको ६ लाख ३९ हजार नौ सय रुपैयाँ रहेको छ । यो बाइकले ९००० आरपीएममा २९.५८ बीएचपी पावर तथा ७५०० आरपीएममा २४ एनएम टर्क जेनेरेट गर्छ ।

६ स्पीड गियरबक्स दिइएको केटीएम ड्यूक–२५० बाइकको टप स्पीड १४५ किलोमिटर प्रतिघन्टा रहेको छ । प्रतिलिटर २५ किलोमिटर माइलेज दिने यो बाइकमा फ्यूल क्षमता १३.५ लिटर रहेको छ । केटीएम ड्यूक २५० एबीएस सहित उपलब्ध रहेको छ । 

होन्डा सीबीआर–२५० आर


२४९.६ सीसी क्षमताको यो बाइकको ७ लाख ६१ हजार ९०० सय रुपैयाँ रहेको छ । होन्डा सीबीआर–२५० आर बाइकले ८५०० आरपीएममा २६.१५ बीएचपी पावर तथा ७००० आरपीएममा २२.९ एनएम टर्क जेनेरेट गर्छ ।

६ गियरको गियरबक्स दिइएको यो बाइक टप स्पीडमा १३६ किलोमिटर प्रतिघन्टाको रफ्तारमा कुद्न सक्छ । यो बाइकमा एबीएस सुविधा उपलब्ध रहेको छ । प्रतिलिटर २९ किलोमिटर माइलेज रहेको यो बाइकको फ्यूल क्षमता १३ लिटर रहेको छ ।


Back_to_top