२०१८मा सर्वाधिक कार बेच्ने टप १० कम्पनी, यस्तो छ सूची

Not found

काठमाडौं । विश्वभर प्यासेन्जर कार उत्पादकहरुबीच तिब्र प्रतिस्पर्धा चलिरहेको छ । कम्पनीहरुले प्रतिस्पर्धी बजारमा आफ्नो उपस्थित बलियो बनाउन र १ नम्बर कार उत्पादक बन्न नयाँ–नयाँ मोडल ल्याउने गरेका छन् । 

सवारी उत्पादक कम्पनीहरुले समयानुकुल प्रविधिको विकाससँगै सवारीमा विशेष खालका सुरक्षा विशेषताका साथै कारलाई निक्कै विलाशि बनाउन थालेका छन् । कारको बजार विश्वव्यापी भएको छ । एक देशमा बनेका कार अर्को देशमा निर्यात हुने वा प्लान्टनै स्थापना गरेर कार उत्पादन गर्दै आएका छन् । 

यहाँ २०१८ मा विश्वका १० धेरै कार बिक्री गर्ने कम्पनीले बिक्री गरेका कारको संख्याका बारेमा उल्लेख गरिएको छ । यो संख्यामा ह्याचब्याक, सेडान, पिकअपका साथै एलसीभी सेगमेन्ट पनि समावेश रहेको छ । यी ब्राण्ड अन्तर्गतका प्रिमियम ब्राण्डको बिक्री यसमा समावेश गरिएको छैन् । 

१. टोयोटा

जापानी कार उत्पादन कम्पनी टोयोटाले ०१८ मा विश्वभर ८० लाख ९१ हजार २ सय ७७ वटा कार बिक्री गरेको छ । यो बिक्री ०१७ को तुलनामा ३ प्रतिशत धेरै हो । टोयोटाका कार नेपाली बजारमा समेत लोकप्रिय रहेका छन् । 

२. फक्सवागन 

जर्मन कार उत्पादक कम्पनी फक्सवागनले ०१८ मा विश्वभर ६७ लाख ४६ हजार २ सय ४ वटा सवारी बिक्री गरेको हो । यो तथ्यांक अघिल्लो वर्षको तुलनामा १ प्रतिशतले धेरै हो । फक्सवागनका कारहरु नेपाली बजारमा उपलब्ध रहेका छन् । 

३. फोर्ड 

अमेरिकी कार उत्पादक कम्पनी फोर्डले ०१८ मा विश्वभर ५३ लाख २९ हजार २ सय ९० वटा कार बिक्री गरेको छ । टप १० सूचीमा रहेका मध्ये फोर्डको बिक्री अघिल्लो वर्षको तुलनामा सबैभन्दा धेरै घटेको हो । ०१७ को तुलनामा फोर्डको गाडी बिक्री ११ प्रतिशतले घटेको हो । 

४. होन्डा 

अर्को जापानी कार उत्पादक कम्पनी होन्डाले २०१८ मा ४९ लाख ६६ हजार ३७ वटा कार बिक्री गरेको हो । यो विश्वका धेरै कार बिक्री गर्ने कम्पनीको सूचीमा पर्ने दोस्रो जापानी कम्पनी हो । होन्डाको बिक्री अघिल्लो वर्षको तुलनामा समान रहेको छ । होन्डा नेपाली बजारमा पनि उपलब्ध रहेको छ ।

५. निसान

निसान पनि जापानी कार उत्पादक कम्पनी हो । २०१८ मा निसानले ४७ लाख ५० हजार ८ सय ६३ वटा कार विश्वभर बिक्री गरेको हो । निसानको बिक्री यस वर्ष २ प्रतिशतले गिरावट आएको देखिन्छ । यो ब्रान्ड पनि नेपाली बजारमा उपलब्ध रहेको छ । 

६. हुन्डाई

दक्षिण कोरियाली कार उत्पादक कम्पनी धेरै कार बिक्री गर्ने सूचीमा छैटौं स्थानमा रहेको छ । हुन्डाईले ०१८ मा विश्वव्यापी रुपमा ४० लाख ७६ हजार ९ सय १३ वटा कार बिक्री गर्न सफल भएको हो । हुन्डाईको कार बिक्री वार्षिक रुपमा ३ प्रतिशतले वृद्धि भएको हो । हुन्डाईका कार नेपाली बजारमा पनि लोकप्रिय रहेको छन् । 

७. सेब्रोले

अमेरिकी कार उत्पादक कम्पनी सेब्रोलेले ०१८ मा विश्वभर ३८ लाख ८१ हजार ७ सय ४७ वटा कार बिक्री गरेको थियो । यो टप १० सूचीमा पर्ने दोस्रो अमेरिकी कम्पनी हो । सेब्रोलेको वार्षिक वृद्धि १ प्रतिशतले गिरावट आएको देखिन्छ । 

८. सुजुकी

जापानी कार उत्पादक कम्पनी सुजुकीले २०१८ मा विश्वभर ३० लाख ४६ हजार ५ सय ८५ वटा कार बिक्री गर्न सफल भएको छ । कम्पनीको कार बिक्री वार्षिक रुपमा ५ प्रतिशतले वृद्धि भएको हो । नेपाली बजारमा सुजुकीका कार निकै सफल रहेका छन् । 

९. किया

अर्को कोरियाली कम्पनी किया धेरै कार बिक्री गर्ने टप १० कार कम्पनीको सूचीमा नवौं स्थानमा रहेको छ । कियाले ०१८ मा २६ लाख ३८ हजार ७ सय ८२ वटा कार विश्वभर बिक्री गरेको थियो । यो कियाको वार्षिक वृद्धि ४ प्रतिशत रहेको छ । नेपालमा पनि विगत २५ वर्षदेखि कियाका उत्पादन बिक्री वितरण हुँदै आएका छन् । 

१०. मर्सिडिज बेन्ज

जर्मन कार उत्पादन कम्पनी मर्सिडिज बेन्ज २०१८ मा धेरै कार बिक्री गर्ने कम्पनीको सूचीमा दशौं स्थानमा रहेको छ । कम्पनीले ०१८ मा विश्वभर २५ लाख ५१ हजार ८ सय ६ वटा कार बिक्री गरेको छ । कम्पनीको वार्षिक वृद्धि १ प्रतिशतले बढेको देखिन्छ । जर्मन विलाशि कार उत्पादक मर्सिडिजका कार नेपाली बजारमा समेत उपलब्ध रहेको छ । 



image not found