एक वर्षमा २३ अर्वको मोटरसाइकल तथा स्कुटर आयात

Not found

काठमाडौं । सरकारले ठूला सीसीको मोटरसाइकलमा लाग्दै आएको सडक दस्तुर र अन्तःशुल्कमा वृद्धि गरेपनि मोटरसाइकलको आयातमा केही बढोत्तरी नै आउको छ ।

आर्थिक वर्ष २०७५/७६ मा २ लाख ७२ हजार ७२ यूनिट मोटरसाइकल तथा स्कुटर आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । 

आर्थिक वर्ष २०७४/७५ मा २ लाख  ६० हजार ४ सय ८६ यूनिट मोटरसाइकल आयात भएको थियो । आर्थिक वर्ष २०७३/७४ मा भने २ लाख ४६ हजार ३३५ यूनिट मोटरसाइकल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको थियो । 

आर्थिक वर्ष २०७५/७६ मा २२ अर्ब ९१ करोड ५ लाख रुपैयाँ बराबरको मोटरसाइकल आयात भएको छ । उक्त आर्थिक वर्षमा आयात भएको मोटरसाइकल तथा स्कुटरबाट २३ अर्ब ८६ करोड ६५ लाख रुपैयाँ बराबरको राजश्व भन्सार बिन्दुबाट संकलन भएको थियो । 

अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा २१ अर्ब ७४ करोड ८३ लाख रुपैयाँ बराबरको मोटरसाइकल आयात भएको थियो । सो आवमा मोटरसाइकल आयातबाट २२ अर्ब ३८ करोड ६२ लाख रुपैयाँ राजश्व संकलन भएको थियो । 

यस्तै आर्थिक वर्ष २०७३/७४ मा २० अर्ब ८७ लाख रुपैयाँ बराबरको मोटरसाइकल आयात भएकोमा २० अर्ब ५८ करोड ३० लाख रुपैयाँ बरबरको राजश्व संकलन भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । 



image not found