यस्तो छ टोयोटाको ल्यान्ड क्रुजर हेरिटेज एडिशन

Not found

काठमाडौं । टोयोटाले ल्यान्ड क्रुजर हेरिटेज एडिशनको ७० औं एनिभर्सरी मनाएको छ । कम्पनीले सन् १९५० बाट उत्पादन सुरु गरेको आइकोनिक ल्यान्ड क्रुजरको ७० औं वार्षिक उत्सव मनाएको हो ।   

कम्पनीले गत जनवरीमा आयोजित शिकागो मोटर शोमा ल्यान्ड क्रुजरको नयाँ हेरिटेज एडिशन अनविल गरेको थियो । कम्पनीले मात्रै १२ सय युनिट उत्पादन गरेको यो मोडल बिक्रीको लागि अमेरिकी बजारमा पठाएको छ । यसको मूल्य कम्पनीले ८७ हजार ६४५ डलर तोकेको छ । यसको बिक्री आगामी साताबाट सुरु हुने कम्पनीले जनाएको छ ।

कम्पनीले नयाँ संस्करणको ल्यान्ड क्रुजरको एक्सटेरियर र इन्टेरियरमा आकर्षक विशेषता दिएको छ । यसको नयाँ एडिशनको फ्रन्ट साइडमा ब्ल्याक एसेन्टसँगै ग्रिल, क्रोमले ढाकिएको टेल ल्याम्प, फग ल्याम्प, १८ इन्च अलोय ह्वीलको बिशेषता दिएको छ ।

यसको इन्टेरियरमा अल लेदर लेदर म्याट, कार्गो लाइनर, ब्ल्याक लेदर अपहोलस्टीक, ब्रन्च कलरको डोर प्यानल, स्टेयरिंग ह्वील जस्ता फिचर दिइएको छ । 

त्यस्तै, वायरलेस चार्जिङ, किलेस इन्ट्री, पुश बटन स्टार्ट स्टप, फोर जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, भेन्टीलेटेड फ्रन्ट सिट, नाइन इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, हिटेड स्टेयरिंग ह्वील लगाइएको छ ।

कुनै मेकानिकल परिमार्जिन नगरिएको हेरिटेज एडिशनमा पुरानो मोडलमा उपलब्ध ५.८ लिटर भी–८ इन्जिन लगाइएको छ । यसले ३८१ हर्ष पावरका साथै ५४४ एनएम टर्क उत्पादन गर्छ । उक्त  इन्जिनमा ८ स्पीड अटोमेटिक ट्रान्समिसन लगाइएको छ । यसमा अलह्वील ड्राइभ सिस्टम दिइएको कम्पनीले जनाएको छ ।



image not found