जीप कम्पाससँग प्रतिस्पर्धा गर्न टोयोटाले बनाउँदै नयाँ एसयूभी

जापानी कार उत्पादक कम्पनी टोयोटाले भारतमा नयाँ एसयूभी बनाउने भएको छ । भारतीय बजारमा १५ देखि २० लाख भारुमा बिक्री गर्ने लक्ष्यकासाथ कम्पनीले नयाँ एसयूभी बनाउने भएको हो । 

टोयोटाले ल्याउन लागेको नयाँ एसयूभीले जीप कम्पाससँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । 

टोयोटाले भारतमा नयाँ एसयूभीसँगै नयाँ मिडसाइज एमपीभी (मल्टी युटिलिटी भेइकल) समेत ल्याउने भएको छ । एमपीभी बजारमा विगत दुई दशकदेखि टोयोटाको उपस्थिति निक्कै बलियो रहेको छ । 

कम्पनीले ल्याउने एमपीभी इनोभा क्रिस्टा र नयाँ एसयूभीको बीचको रेन्जमा आउने छ । टोयोटाले ल्याउने एसयूभी कहिलेसम्म बजारमा आउँछ भन्ने कुरा कम्पनीले सार्वजनिक गरेको छैन । 

त्यस्तै नयाँ एसयूभीको स्पेसिफिकेसन बारेमा पनि टोयोटाले केही खुलाएको छैन । 


Back_to_top