टोयोटाले तयार गर्‍यो इलेक्ट्रीक मिनि कार, १०० किलोमिटर माइलेज

काठमाडौं । टोयोटा मोटर कम्पनीले आफ्नो पहिलो इलेक्ट्रीक कार बिक्री सुरु गर्ने भएको छ । कम्पनीले गत बिहिवार एक विज्ञप्ती निकाल्दै सन् २०२० को जाडो मौसमबाट उक्त कारको बिक्री गर्ने उल्लेख गरेको छ ।

कम्पनीले यो कार विशेषत पाका उमेर भएका मानिसलाई लक्षीत गरेर उत्पादन गरेको जनाएको छ । जसलाई छोटो दुरी यात्रा गर्न प्रयोग गर्न सकिने जनाइएको छ । 

कम्पनीले उक्त इलेक्ट्री कारलाई अक्टोबर २४ मा ६४ औं टोकियो मोटर शोमा सार्वजनिक गर्ने जनाएको छ । 

दुई जनाले मात्र यात्रा गर्न मिल्ने उक्त कारले एक पटकको फुल चार्जमा १०० किलोमिटर रेञ्ज प्रदान गर्ने जनाएको छ । उक्त इलेक्ट्रीक कारको उच्चतम गति भने ६० किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले जनाएको छ ।

२४९० एमएम लामो र १२९० एमएम चौडाई रहेको यो मिनि कारले बजारमा राम्रो प्रभाव पर्ने टोयोटाले जनाएको छ । 


Back_to_top