टोयोटाको नयाँ कम्प्याक्ट एसयूभी आउँदै, यस्तो छ विशेषता

टोयोटाले आगामी नाभेम्बरमा अल न्यू कम्प्याक्ट एसयूभी सार्वजनिक गर्ने भएको छ । टोयोटाको स्वामित्वमा रहेको डाइह्याट्सुले नयाँ कम्प्याक्ट एसयूभी बजारमा ल्याउने भएको हो । यसले टोयोटा रसलाई रिप्लेस गर्ने अनुमान गरिएको छ ।

कम्पनीले सन् २०१७ मा डाइह्याट्सु डीएन ट्रे अवधारणा सार्वजनिक गरेको थियो । यो कम्प्याक्ट एसयूभी टीएनजीए अवधारणा डाइह्याट्सु न्यू ग्लोबल आर्किटेक्चरमा आधारित हुने कम्पनीले जनाएको छ ।

यसको लम्बाई ३.९८ मिटर हुने कम्पनीले जनाएको छ । टाटा नेक्सन, महिन्द्रा एक्सयूभी–३००, हुन्डाई भेन्यूमा समावेश गरिएजस्तै विशेषता यस मोडलमा दिइने कम्पनीले जनाएको छ ।

यस्तै, यसमा नयाँ स्टाइलको एलइडी हेलल्याम्प, एलइडी फग ल्याम्प, ब्लाक रुफ, दुबै फ्रन्ट साइडमा ब्ल्याक कलरको बम्पर लगाइने भएको छ । १.० लिटर थ्री सिलिन्डर पेट्रोल इन्जिनका साथै यस कम्प्याक्ट एसयूभी दुई र चार ह्वील ड्राइभ सिस्टममा आउने कम्पनीले जनाएको छ । यसले सुजुकी जिम्नीसंग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।


Back_to_top