काठमाडौंका यी ८ चोकमा अब ट्राफिक लाइट बल्ने, आजबाट परिक्षण

Not found

काठमाडौं । काठमाडौंको मुख्य ८ स्थानमा जडान गरिएको सोलार ट्राफिक लाइट आजबाट बल्ने भएको छ । ट्राफिक प्रहरीले परिक्षणको रुपमा उक्त ट्राफिक लाइट बाल्न लागेको हो । 

प्रजिल कन्स्ट्रकले ८ स्थानमा सोलार ट्राफिक लाइट जडान गर्न ठेक्का लिएको थियो । हालसम्म पुरानो बानेश्वर बाहेक सबै ठाउँमा सोलार ट्राफिक लाइट जडान गर्ने काम भइसकेको छ । प्रजीलले सिंहदरबार, पद्मोदयमोड, तिनकुने, कालिमाटी, बागबजार, गौशला, मित्रपार्क र पुरानो बानेश्वरमा सोलार ट्राफिक लाइट राख्न ठेक्का लिएको थियो । 

पुरानो बानेश्वरमा बाटो बनाउन बाँकी रहेकाले ट्राफिक लाइट जडान गर्न नमिलेको प्रजिलका प्रोजेक्ट प्रमुख रामचन्द्र खड्काले बताए । उनका अनुसार ट्राफिक लाइट जडान गरिएका स्थानहरुमा आजै (मंगलबार) बाट लाइट बल्ने छन् । 

‘आजबाट ट्राफिकले लाईट परिक्षण गरिएको छ । परिक्षण सफल भएपछि औपचारिक रुपमा सञ्चालनमा ल्याइन्छ,’ खड्काले मेरोअटोसँग भने । 

उनका अनुसार आज बागबजारदेखि पद्मोदयमोडसम्म राखिएका ट्राफिक लाइटको परिक्षण गरिन लागेको छ । 

सडक सुरक्षा तथा ट्राफिक शाखाले ९७ लाख ५० हजार रुपैयाँमा उक्त टेन्डर प्रजिल कन्स्ट्रक्सनलाई दिएको थियो । ट्राफिक लाइट संचालनमा आएसँगै ट्राफिकले धुलो खाँदै गर्नुपरेको काम लाइटले गर्नेछ ।



image not found