काठमाडौंमा सीसी क्यामेरा सहितको ट्राफिक लाइट, यसरी हुन्छ निगरानी

Not found

काठमाडौं । काठमाडौं महानगरपालिकाले सीसी क्यामेरा सहितको ट्राफिक लाइट राख्ने योजना बनाएको छ । काठमाडौं उपत्यकालाई स्मार्ट बनाउनका लागि विभिन्न विशेषता सहितको ट्राफिक लाइट रखिने प्रस्ताव महानगरमा आएको नगर कार्यपालिका प्रमुख तथा सहरी स्थापन विभाग प्रमुख हरीबहादुर कुँवरले जानकारी दिए । 

उनका अनुसार काठमाडौंका मुख्य-मुख्य चोकमा राखिने उक्त सीसी क्यामेरासहितको ट्राफिक लाइटले सबै सवारीको क्रियाकलापलाई रेकर्ड गर्ने छ । सो क्यामेरासहितको ट्राफिक लाइटलले कैद गरेको भिडियोलाई प्रत्येक्ष ट्राफिक महाशाखाबाट निरिक्षण गर्न सकिने छ । 

साथै कुनै सवारीले नियम मिचेको खण्डमा उनीहरुको गाडी नम्बरको आधारमा घरसम्मै जरिवानाको चीटसमेत पुर्याउने व्यवस्था मिलाउन योजना बनाइएको उनले बताए । 

उपत्यकाको सुरक्षाका लागि यस्तो व्यवस्था ल्याउन आवश्यक रहेको भन्दै उनले सीसी क्यामेरासहितको ट्राफिक लाइटले लाइटको काम मात्र नगरी ट्रफिक अनुशासनलाई निरिक्षण गर्ने काम गर्ने बताए ।

बाटोमा हुने घटना तथा सवारीमा हुने अनुशासन हिन कृयाकलापलाई समेत नियन्त्रण गर्न यस प्रविधिले सहयोग पुग्ने विश्वास महानगरले लिएको उनले बताए । 



image not found