साढे ३ बजेपछि महाराजगञ्जदेखि बारेश्वरमा वैकल्पिक रुट प्रयोग गर्नूः ट्राफिक

Not found

काठमाडौं । ट्राफिक प्रहरी महाशाखाले आज सरकारको नीति तथा कार्यक्रममा सहभागी हुन राष्ट्रपति संघीय संसद जाने भएकोले उक्त रुट प्रयोग गर्नेले विकल्प खोज्न भनेको छ । दुवै सदनको संयुक्त बैठकमा सहभागी हुन अति विशिष्ट र विशिष्ट व्यक्ति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा जाने कार्यक्रम रहेको हुँदा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको हो । 

महाशाखाले जारी गरेको सूचनामा ट्राफिक व्यवस्थापनका दृष्टिकोणले १५ः३० बजेदेखि महाराजगन्ज-लाजिम्पाट-लैनचाैर-केशरमहल-दरबारमार्ग-जमल-न्यूरोड-भद्रकाली-सिंहदरबार-माइतिघर-नयाँ बानेश्वरसम्मको सडकहरु प्रभावित हुने हुँदा उक्त मार्ग प्रयोग गर्ने सवारी चालकहरुले वैकल्पीक मार्गको प्रयोग गर्न भनिएकाे छ । 

यस रूटकाे विकल्पको रुपमा महाराजगन्ज-बालुवाटार-नक्साल-जयनेपाल-कमलपोखरी-पुतलीसडक-अनामनगर-थापागाउँ वा चक्रपथको बाटो प्रयोग गरी ट्राफिक व्यवस्थापन कार्यमा सहयोग गरिदिन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।



image not found