टीभीएसको पहिलो इलेक्ट्रीक स्कुटर २०२० मा मात्रै, यस्ता हुने छन् फिचर

स्कुटर तथा मोटरसाइकल निर्माता कम्पनी टीभीएस मोटरले २०२० सम्ममा आफ्नो पहिलो इलेक्ट्रीक उत्पादन बजारमा उतार्ने तयारी गरेको छ । कम्पनीले क्रियोन अवधारणामा निर्माण भएको इलेक्ट्रीक स्कुटर २०१८ को अटो एक्स्पोमा प्रदर्शन गरेको थियो । त्यसैलाई अन्तिमरुप दिएर ल्याउने तयारी भइरहेको बिभिन्न रिपोर्टले उल्लेख गरेका छन् ।

कम्पनीका सीइओ, के एन राधाकृष्णले २०२० को मार्चमा टीभीएसको पहिलो इलेक्ट्रीक उत्पादन अन्तर्गत उक्त स्कुटर बजारमा ल्याउने बताएका हुन ।

कम्पनीले क्रियोन अवधारणामा आधारित स्कुटरमा विभिन्न स्मार्ट कनेक्टीभिटी प्रविधि दिइने उल्लेख छ । जस अन्र्तगत स्पीडोमिटर, टेकोमिटर, ओडोमिटर, ट्रिप मिटर, ब्याट्री रेन्ज, हेल्थ स्टाटस, अन डिस्प्ले, नेभिगेसन र जिओ फेन्सिंगको विशेषता समेटिने छन् । 

त्यस्तै स्कुटरमा तीन वटा राइडिंग मोड, रिजेनेरेटीभ ब्रेकिंग सिस्टम, पार्क असिस्ट, क्लाउड कनेक्टीभिटीसँगै एन्टी थेफ्ट फिचरसमेत दिइने कम्पनीले जनाएको छ । उक्त स्कुटरमा डायमन्ड कट अलोेय ह्वील, ट्युबलेस टायर, फ्रन्ट टेलिस्कोपिक फर्क, रियर अफसेट मनोशक, अल एलइडी लाइटिंग, ठूलो सिट, ठूलो डिक्की र युएसबी पोर्ट दिइने छ । 

लिथीयम आयोन ब्याट्रीसहित आउने स्कुटरले १६.३२ पीएस पावर उत्पादन गर्ने जनाइएको छ । फास्ट चार्जरबाट उक्त ब्याट्री ८० प्रतिशत चार्ज गर्न ६० मिनेट लाग्छ भने, फुल चार्जमा ८० किलोमिटर रेन्ज प्रदान गर्ने जनाइएको छ । 

यसको दुबै साइडमा पेटल टाइप डिस्क ब्रेक लगाइएको छ भने, सिगंल च्यानल एबीएससहित बजारमा आउने छ । 


Back_to_top