टीभीएसको म्याराथन दौडमा पहिलो हुनेलाई ५० हजार पुरस्कार

Not found

काठमाडौं । नेपालको महान चाड बडादशैंको अवसर पारेर नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले आरम्भ गरेको उपभोक्ता प्रवद्र्धन योजना “टिभिएस दशैंको दौड” ले सबैलाई दौडमा निःशुल्क भाग लिने अवसर दिएको छ

देशका विभिन्न भागहरुमा यसप्रकारको म्याराथन दौड संचालन गर्ने लक्ष्य बोकेको जगदम्बा मोटर्सले यही भाद्र २८ गते शनिबार काठमाडौंमा पहिलो पटक यो “टिभिएस दशैंको दौड” अन्तर्गतको म्याराथन दौडको आयोजना गर्ने भएको हो । 

उक्त दिन विहान ७ बजेदेखि शुरु हुने म्याराथोन दौडको विषयमा प्रकाश पार्दै कम्पनीका उपाध्यक्ष दीपक अग्रवालले भने ‘दशैंको चहलपहलले हामीलाई छोइसकेको छ । यो रमाइलो चहलपहललाई अझ रमाइलो बनाउन हामीले हाम्रा ग्राहकहरु समक्ष ल्याएको “टिभिएस दशैंको दौड” प्रति उपभोक्ताहरुले जुन उत्साहजनक रुची दर्शाउनु भएको छ, त्यसबाट हामी अत्यन्त प्रभावित भएका छौं । यसै योजना मातहतको एक रमाइलो दौडलाई हामीले स्वास्थ्यका लागि रमाइलो दौड भन्ने नाराका साथ आयोजना गर्न गैरहेका छौं । हामीलाई विश्वास छ आफ्नो स्वास्थ्यप्रति सजग महानुभावहरुले यो दौडमा सहभागीता जनाउनु भई बडा दशैंको स्वागतमा रमाउनु हुनेछ ।’

रमाइलो दौड नक्साल बाल मन्दिरबाट शुरु भई सिटी सेन्टर, कमलादी, पुतलीसडक, भृकुटी मण्डप, भद्रकाली, माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, दरबारमार्ग, नागपोखरी हुँदै टीभीएस शोरुम नक्सालमा पुगी समापन हुनेछ । 

सबै उमेर सबै समुहका व्यक्तिहरुले भाग लिन सक्ने यो खुला रमाइलो दौडमा सहभागी हुने सबैजनालाई  स्योर सट छुट स्वरुप एक हजार पुरस्कार प्रदान गरिनेछ भनें विजेताहरु मध्ये प्रथमलाई पचास हजार रुपैयाँ, द्वितीयलाई २५ हजार रुपैयाँ र तृतीय स्थान हासील गर्नेलाई पन्ध्र हजार नगद पुरस्कार प्रदान गर्ने कम्पनीले जनाएको छ ।

काठमाडौंमा आयोजना गरिन लागेको रमाइलो दौडमा सहभागी बन्न चाहनेले नक्साल, कुमारीपाटी र टेकूमा रहेको टीभीएस शोरुमहरुमा आफै उस्थीत भई वा  https://tvsnepal.com/dashain मा गई अनलाइन मार्फत् वा दौड शुरु हुने दिन नक्साल बाल मन्दिरमै विहान ६ बजे उपस्थित भएर पनि आफ्नो नाम दर्ता गराउन सक्नेछन् । 



image not found