टायरको सुरक्षा गर्ने १० तरिका, जसले माइलेज बढाउँछ

काठमाडौं । सवारीसाधनको मुख्य समस्यामा टायर पर्ने गरेको छ । चालकहरुले समयमा ध्यान नदिदा बीच बाटोमा टायर बिग्रने, पञ्चरहुने जस्ता समस्या सृजना हुने गर्छ । 

त्यसको साथै टायरमा हुने हावाको प्रेसरको मात्रा नमिल्ने हो भने माइलेज कम हुने र अनावश्यक आर्थिक क्षति हुने गरेको पाईन्छ । यस्तोमा सामान्य सावधानी अपनाउने हो भने सजिलै झन्झटबाट मुक्ति पाइन्छ भने आर्थिक लाभपनि लिन सकिन्छ ।

त्यसैले हामीले टायरसम्बन्धी १० टिप्स यहाँ प्रस्तुत गरेका छौ ।  

१. हरेक हप्ता गाडीको सबै चक्कामा हावाको चाप नाप्नुहोस् । यसरी हावाको प्रेसर नाप्दा स्पेयर टायरको समेत नाप्दा राम्रो हुन्छ । सकभर एउटै ग्यारेजको प्रयोग गर्नु राम्रो हुन्छ । तर, चाप नाप्ने बेला टायर चिसो हुनु जरुरी हुन्छ । उचित चापको सन्तुलन कायम गर्नाले गाडीले माइलेज बढि दिनुका साथै टायरको आयु पनि लम्बिन्छ ।

२. प्रत्येक ६ महिनामा वा १० हजार किलोमिटरमा (जुन पहिले आउँछ) गाडीको टायर साटासाट गर्नुस् । अगाडीको बाँया टायरलाई पछाडीको बाँयासँग साट्नुस । दायाँ पट्टी पनि यसै गर्नुस् ।

३. प्रत्येक ६ महिनामा टायरलाई सिधा हुने गरि मिलाउनुहोस् । लामो समयमा टायरको ‘अलाइन्मेन्ट’ ‘डिस्टर्ब’ हुने र टायर कुनै एक ठाउँबाट खिइदैं जाने हुन्छ । जसले गर्दा इन्धनको पनि खपत बढि हुन थाल्छ ।

४. टायर किन्दा चिनिएको ब्राण्डको वारेन्टी सहितको टायर किन्नुहोस् । सस्ता र वारेन्टी नभएको टायर किनेर पछुताउनु राम्रो होइन ।

५. आफुलाई अवस्था थाहा नभएको पुरानो टायर कहिल्यै नकिन्न्होस् ।

६. लामो यात्राको बेला हावाको चाप कम कहिल्यै नगर्नुहोस् । यसले टायरको तापक्रम बढाउँछ र पड्किने संभावना हुन्छ । उच्च तापक्रम टायरको शत्रु नै हो ।

७. कहिल्यै ठूलो र भारी टायर नकिन्नुहोस् । यसले ‘रिम’को तौल बढाउँछ र इन्धनको धेरै खपत गराउँँछ । 

८. नेपालको बाटोको लागि धेरै नरम र धेरै कडा नभएर ठिक्कको टायर किन्नुहोस् । यसले टायरको आयु बढाउँछ ।

९. जहिल्यै पनि गाडी निर्माता कम्पनीले सुझाएको टायर किन्नुहोस् ।

१०. टायर ‘पङचर’ भएका बेला राम्रो सर्भिस सेन्टरमा मात्र मर्मत गर्नुहोस् । 


Back_to_top