यूएमको नयाँ वर्ष अफरः एक लाखसम्म जित्ने मौका

काठमाडौं । यूएम बाइकको नेपालको लागि आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले नयाँ वर्ष २०७६ लाई लक्ष्यित गरी नयाँ अफर ‘नयाँ वर्षको बहार’ सार्वजनिक गरेको छ ।

उक्त अफर योजना अन्तर्गत यूएम बाइकको खरिदमा ५ हजार देखि १ लाख रुपैयाँसम्म जित्न सकिने कम्पनीले बिज्ञप्तीमा उल्लेख गरेको छ । सो अफर चैत २५ देखि लागू भएको छ भने आगामी बैशाख मसान्तसम्म सञ्चालन हुनेछ ।

डर्ट र क्रुजर बाइकमा ख्याती कमाइसकेको यूएम बाइक उचित मूल्य र शानदार पर्फमेन्सका लागि लोकप्रिय छन् । नेपाली बजारमा यूएमका डीएसआर २००, डीएसआर २३०, हाइपर स्पोर्ट २५० र रेनेगेड सिरिजका बाइक उपलब्ध छन् । 

अमेरिकी बाइक निर्माता कम्पनी यूएमको सोरुम गैरीधारामा सरेको छ । नेपालमा यूएम बाइकको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले जमलमा रहेको सोरुमलाई गैरीधारामा सारेको हो ।

ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यका साथ सोरुम स्थानान्तरण गरिएको कम्पनीले बताएको छ । कम्पनीले यूएमका मर्चेन्डाइज तथा गियरहरु पनि सोरुममा आकर्षक रुपमा सजाएर राखेको छ ।


Back_to_top