यी हुन् आउँदै गरेका ८ नयाँ बाइक तथा स्कुटर

Not found

काठमाडौं । भारतीय बजारमा केही महिनाभित्र बिभिन्न मोटरसाइकल र स्कुटर सार्वजनिक हुने भएका छन् ।  दुई पाँग्रे सवारी कम्पनीले केही महिनाभित्रै आफ्ना नयाँ उत्पादनको बिक्री बितरण सुरु गर्ने भएका हुन् । केही महिनाभित्रै भारतमा सार्वजनिक हुने मोटरसाइकल तथा स्कुटर यस प्रकार रहेका छन् । 

पल्सर १२५

बजाजले भारतीय बजारमा पल्सर १२५ सेप्टेम्बर पहिलो हप्ता सार्वजनिक गर्ने भएको छ । यो मोटरसाइकल १२५ सीसी एयर कुल्ड सिंगल सिलिन्डर इन्जिनसहित ल्याउने भएको हो । पल्सर १५० मा आधारित यो मोटरसाइकल अन्य मोटरसाइकलभन्दा सस्तो मूल्यमा आउने कम्पनीले जनाएको छ । यसमा उपलब्ध एयरकुल्ड डिटीएसआई इन्जिनले १३।५ बीएच पावरका साथै १२ एनएम टर्क उत्पादन गर्छ । बजाजा पल्सर १२५ नेपाली बजारमा आउन सक्ने अनुमान गरिएको छ ।

केटीएम ३९० एडभेन्चर

केटीएम ३९० एडभेन्चर मोटरसाइकल भारतमा सार्वजनिक हुने अन्तिम तयारीमा रहेको छ । यो मोटरसाइकलमा ३७३ सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन लगाइएको छ । यो इन्जिनले ४३।५ पिएस पावरका साथै ३७ एनएम टर्क उत्पादन गर्छ । 

यसको इन्जिनमा ६ स्पिड गियरबक्स लगाइएको छ । यसमा नोबी टायर, इन्जिन ब्यास गार्ड जस्ता विशेषता दिइएको छ । यसले रोयल इन्फिल्ड हिमालयन र बिएमडब्ल्यु जि ३१० जिएससँग प्रतिस्पर्धा गर्ने अनुमान लगाइएको छ । यो बाइक नेपाली बजारमा आउन सक्ने छ ।

होन्डा फोर्जा ३००

जापानी सवारी उत्पादक कम्पनी होन्डाले भारतीय बजारमा नयाँ स्कुटर ल्याउने भएको छ । आगामी डिसेम्बरसम्ममा लन्च हुने यो स्कुटरको मूल्य करिब ७ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ ।

यो स्कुटरमा २ सय ७९ सीसी लिक्वीड कुल्ड इन्जिन रहेको छ जसले ७ हजार आपीएममा २५ बीएच पावर र ५७ सय ५० आरपीएममा २७.२ एनएम टर्क दिन्छ । स्कुटरमा डुअल च्यानल एबीएस रहेको छ ।

बजाज अर्बानाइट इलेक्ट्रीक

यस्तै, बजाजले भारतीय बजारमा अर्बानाइट इलेक्ट्रीक स्कुटर ल्याउने भएको छ । यो इलेक्ट्रीक स्कुटरमा फुल एलइडी हेडल्याम्प, एलइडी टेलल्याम्प, डिजीटल इन्स्ट्रुमेन्ट क्लस्टर लगायतका विशेषता दिइएको छ । यो स्कुटर २०१९ को अन्त्यमा लन्च हुने कम्पनीले जनाएको छ । यसको मूल्य झन्डै १ लाख भारु पर्ने अनुमान गरिएको छ ।

होन्डा एक्टिभा ६जी

होन्डाले २०२० को अटो एक्स्पोमा एक्टिभा ६जी सार्वजनिक गर्ने भएको छ । यसमा बीएस ६ मापदन्ड अनुसारको ११० सीसी एयरकुल्ड फ्युल इन्जेक्टेड इन्जिन लगाइएको छ । यसमा एलइडी हेडल्याम्प, टेलल्याम्प र नयाँ अलोय ह्वील  लगाइएको छ । यसमा डिजीटल इन्स्टुमेन्ट क्लस्टर र ब्ल्युटुथ कनेक्टीभिटी फिचर दिइएको छ भने यसमा टेलिस्कोप सस्पेन्सन सेटअप लगाइएको छ । होन्डा एक्टीभा नेपालमा बिक्री वितरण भइरहेको स्कुटर हो ।

बजाज पल्सर २५० एडभेन्चर

हिरो एक्सपल्स २०० र  रोयल इन्फिल्ड हिमालयनसँग प्रतिस्पर्धा गर्ने यो एडभेन्चर मोटरसाइकलको मूल्य १ लाख ५० हजार भारतीय रुपैयाँ पर्ने अनुमान गरिएको छ । एडभेन्चर मोटरसाइकलको रुपमा आउने यो मोटरसाइकलमा अफरोड टायर लगाइएको छ । 

यसमा २४८ सिसि सिंगल सिलिन्डर लिक्वीड कुल्ड मोटर लगाइएको छ भने इन्जिनमा ६ स्पीड गियरबक्स लगाइएको छ । यसमा उपलब्ध इन्जिनले ९ हजार आरपिएममा ३० पिएस पावरका साथै ७५ सय आरपीएममा  २४ एनएम टर्क उत्पादन गर्छ । बजाज पल्सरका सबै सिरिज नेपालमा बिक्री वितरण भइरहेकाले यो नयाँ बाइक पनि नेपाली बजारमा आउने छ । 

टीभीएस जुपीटर २०२०

केही महिनापछिबाट भारतीय बजारमा टीभीएस जुपिटर २०२० को बिक्री सुरुवात हुने भएको छ । यसमा फुल एलइडी हेडल्याम्प सेटअप, इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध रहेको छ । यसमा उपलब्ध १०९.७ सिसि एयरकुल्ड सिंगल सिलीन्डर, फ्युल इन्जेक्टेड ओएचसि इन्जिन लगाइएको छ । यसको  फ्रन्टमा डिस्क ब्रेक लगाइएको छ । नेपाली बजारमा बिक्री वितरण भइरहेको टीभीएस जुपीटरको फेसलिफ्ट भर्सन पनि नेपाल आउने छ । 

न्यू सुजुकी स्वीस

सुजुकीले भारतीय बजारमा नयाँ स्कुटर स्वीस सार्वजनिक गर्ने तयारी गरेको छ । होन्डा ग्राजियासँग प्रत्यक्ष प्रतिस्धर्पा गर्ने यस स्कुटरमा फुल एलइडी हेडल्याम्प सेटअप, डिजीटल इन्स्ट्रुमेन्ट कन्सोल, अन्डर सिट स्टोरेज र आर्कषक बिगर अलोय ह्वील लगाइएको छ । यसमा १२४ सीसी फोर स्ट्रोक सिंगल सिलीन्डर इन्जिन लगाइएको कम्पनीले जनाएको छ । यो स्कुटर पनि नेपाली बजारमा आउन सक्ने स्कुटर हो ।



image not found