१० महिनामा करिब ७ हजार दुर्घटना, मुख्य कारण चालक

Not found

काठमाडौं । चालू आर्थिक वर्षको दश महिनामा चालकको लापबारहीकै कारण ६ हजार २ सय १९ वटा सवारी दुर्घटनामा भएको छ । महानगरिय ट्राफिक महाशाखाका अनुसार नेपालमा हुने धेरै दुर्घटना चालको चापरबाहीका कारण हुने गरेको छ । 

आव २०७१/७२ देखि यो आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्मको आँकडा हेर्दा चालकको लापर्बाहीको कारण सबैभन्दा धेरै सवारी दुर्घटना भएको देखिएको छ । 

महाशाखाको अनुसार आव ०७०/०७१ मा चालकको लापरबाहीका कारण ४ हजार ५४२ वटा दुर्घटना भएको थियो । यस्तै, चालकको कमजोरीका कारण आव २०७२÷७३ मा ५ हजार २८१, आव २०७३/७४ मा ५ हजार २०५, आव २०७४/७५ मा ५ हजार ९६१  वटा दुर्घटना भएका छन् । 

यो आवको १० महिनाको अवधिमा तिव्रगतिका कारण ३ सय ८१, मादक पदार्थ सेवनका कारण २ सय ४२, यान्त्रिक गढबढीका कारण ५३ वटा दुर्घटना भएको छ । यसका अलवा ओभरटेक, पैदल यात्रीको लापरबाही, खाल्डाखुल्डी सडक लगातयका विविध कारणले दश महिनामा ६ हजार ९ सय ८२ वटा दुर्घटना भएको महाशाखाले जनाएको छ । 

महाशाखाको तथ्यांक अनुसार वैशाख मसान्तसम्ममा दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या २ सय ११ र २ सय ५१ जना गम्भिर घाइते भएका छन् । त्यस्तै ४ हजार ८१४  जना सामान्य घाइते भएका छन् ।  

सबैभन्दा बढी दुर्घटनामा दुइपाँग्रे सवारी 

मशाखाकाका अनुसार अन्य सवारी साधनको तुलनामा स्कुटर र मोटरसाइकल बढी दुर्घटनामा पर्ने गरेको छ । चालु आवको वैशाख मसान्तसम्म ४ हजार ३ सय २० मोटरसाइकल तथा स्कुटर दुर्घटनामा पर्दा ४ हजार १ सय ९ कार, भ्यान जीप, १ हजार ५ सय ५२ बस, १ हजार ४२३ वटा टिपर ट्रक, १ सय ६ वटा माइक्रोलगायत अन्य गरि कुल ११ हजार ९ सय २५ सवारी साधन दुर्घटनामा परेका छन् । 

आर्थिक वर्ष २०७४/७५ को तथ्यांक हेर्दा सबैभन्दा बढी दुर्घटना हुनेमा मोटरसाइकल र स्कुटर नै परेका छन् । गत वर्ष ४ हजार ६५ स्कुटर र मोटरसाइकल दुर्घटनामा परेका थिए । 

सरकारले दुर्घटना न्युनिकरणका लािग विभिन्न पहल गरेता पनि नतिजा भने सकरात्मक आउन सकेको छैन । महाशाखाले दुर्घटना हुनुको पछाडि पुराना गाडी पनि मुख्य जिम्मेवार रहेको बताएको छ । त्यसमा पनि, सवारीसाधनको सर्भिसिङ नगर्ने, धेरै लोड बोक्ने लगायत कारणले सवारी साधनको अवस्था बिग्रिने गरेको पाइन्छ ।

साथै खाल्डाखुल्डी र साँघुरा सडक, चालकको अपरिपक्कता तथा लापरबाही, सवारीसाधन चलाउँदा मोबाइलमा कुरा गर्ने, नजिकमा बसेको यात्रुसँग कुरा गर्ने, जाँडरक्सी खाने, तिव्र गतिमा चलाउने, ओभरटेक गर्ने आदि कारणले पनि सवारी दुर्घटनामा पर्ने गरेको पाइन्छ  ।



image not found