सवारी संख्या साढे ३५ लाख पुग्दा, मोटरसाइकल र कार कति

Not found

काठमाडौं । देशभर हालसम्म ३५ लाख ३९ हजार ५ सय १९ वटा सवारी दर्ता भएका छन् । यसमा सबैभन्दा धेरै मोटरसाइकलको संख्या २५ लाखभन्दा बढी र सबैभन्दा कम माइक्रोबस रहेको छ । 

यातायात व्यवस्था विभागले आर्थिक वर्ष २०७५÷७६ को फागुन मसान्तसम्म देशभर दर्ता भएका सवारीको तथ्यांकले यस्तो देखाएको हो । 

हालसम्म देशभर २५ लाख ३० हजार ७ सय २२ वटा मोटरसाइकल दर्ता भएको छ भने २ लाख ३७ हजार ६ सय ५८ वटा कार दर्ता तथ्यांक छ । 

चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा देशभर ३ लाख १८ हजार ४ सय ७७ वटा सवारी दर्ता भएको छ । यो वर्षको ८ महिनामा देशभर २ लाख ४९ हजार ५ सय ८१ वटा मोटरसाइकल दर्ता भएको छ । 

त्यस्तै ८ महिनामा १७ हजार ९ सय ५३ वटा कार, जीप र भ्यान दर्ता भएका छन् । चालू आवको फागुन मसान्तसम्म २३ सय ५४ वटा बस, १७ सय ५१ वटा मिनीबस र मिनिट्रक, ९ हजार ९ सय ८५ वटा हेवी इक्युपमेन्ट दर्ता भएका छन् । 

८ महिनामा ६ हजार ९ सय ८७ वटा पिकअप, १ हजार ४ सय ३१ वटा माइक्रोबस, ९ हजार ७ सय ८५ वटा टेम्पो, ९ हजार ७ सय ६५ वटा ट्याक्टर, ८ हजार ६ सय ५४ वटा इ–रिक्सा र २ सय ५८ वटा अन्य सवारी दर्ता भएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । 



image not found