८ नेपालीको भागमा एउटा सवारी, दुई पाङ्ग्रेको हिस्सा सर्वाधिक

Not found

काठमाडौं । सवारीसाधनको उपलब्धताले नागरिकहरुको मोबिलिटीमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सवारीसाधन र बाटो कम भएको अवस्थामा आजतजावतमा निक्कै समस्या पर्छ । छोटो दूरी पार गर्नपनि लामो समय खर्चनु पर्छ । 

सवारीसाधनको विकासले मानिसलाई एकठाउँबाट अर्को ठाउँमा आउजाउमा निक्कै सजिलो बनाएको हो । सवारी नुहुँदा लामो समय खर्चेर गर्नुपर्ने काम सवारीसाधनको उपलब्धताले सहज रुपमा र कम समयमा धेरै काम गर्न सक्ने बनाएको छ । 

नेपालमा आर्थिक वर्ष २०७५÷७६ को फगुनमसान्त सम्ममा कुल ३५ लाख ३९ हजार ५ सय १९ वटा सवारी दर्ता भएको तथ्यांक छ । त्यस्तै केन्द्रीय तथ्यांक विभावगको वेवसाइटमा जेठ २२ (बुधबार) को जनसंख्या २ करोड ९५ लाख ९१ हजार ३ सय ७ रहेको छ । 

यसरी हेर्दा नेपालमा जनसंख्याको तुलनामा सवारी उपलब्धता निक्कै कम रहेको छ । ८ जना नेपालीको भागमा एउटामात्र सवारी गर्ने देखिएको छ । यो देशमा दर्ता भएका बस÷ट्रकदेखि मोटरसाइकल हुँदै हेवी इक्युपमेन्ट तथा अन्य सवारीसम्मको संख्यालाई आधार मानेर गरिएको हिसाब हो । 

आफ्नै दुईपांग्रे सवारी साधन प्रयोग गर्नेको संख्या २५ लाखभन्दा बढी रहेको छ । तर निजी कार चढ्ने नेपालीको संख्या निक्कै कम रहेको छ । हालसम्म देशभर २ लाख ३७ हजार ६ सय ५८ कार, जीप र भ्यान तथा ५५ हजार ९ सय ७३ वटा पिकअप दर्ता भएको यातायात व्यवस्था विभागको तथ्यांक छ । पिकअप पनि निजी सवारीमा समेत प्रयोग हुने गरेको छ । 

नेपालमा सवारीसाधनमा लाग्ने अत्याधिक करका कारण आम मानिसको पहुँचमा पुग्न सकेको छैन । नेपालमै सवारी उत्पादन नहुनु र आयातित सवारीमा उच्च करका कारण मध्यमवर्गीयहरुले समेत सवारी खरिद गर्न सक्ने अवस्था छैन । 

यसका साथै सरकारले स्तरिय बाटो विस्तारमा समेत काम गर्न सकेको छैन । बाटोका ट्रयाकहरु खुलेपछि त्यो पक्कि बाटोमा परिणत हुन नसक्नु र भएका पक्की बाटोहरु पनि खाल्डाखुल्डी रहित हुन नसक्नुले पनि सवारी खरिदकर्ताहरु आकर्षित नभएका हुन सक्छ । 



image not found