नयाँ एसयूभी कुन ठिकः भेन्यू कि एक्सयूभी ३००

Not found

काठमाडौं । हुन्डाईले आफ्नो पछिल्लो उत्पादन भेन्यू नेपाली बजारमा सार्वजनिक गरेको एक हप्ता भित्रै महिन्द्राले आफ्नो पछिल्लो एसयूभी एक्सयूभी ३०० को बिक्री सुरु गरेको हो ।

हुन्डाईका गाडी नेपाली बजारमा लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले बिक्री गर्दै आएको छ भने महिन्द्राका उत्पादन अग्नी इनकर्पोरेटले बिक्री गर्दै आएको छ । 

यी दुबै गाडी सबफोर मिटर कम्प्याक्ट एसयूभी हुन् । हामीले यी दुबै एसयूभीको डिजाइन, पावर, मूल्यलगायतका विविध विषयमा भएको भिन्नता तथा समानता केलाउने प्रयास गरेका छौं ।

इन्जिन

एक्सयुभी ३०० मा उपलब्ध १.२ लिटर टर्बो पेट्रोल इन्जिनले ५०० आरपीएममा ११० पीएस पावरकासाथै ३५ सय आरपीएममा २०० एनएम–टर्क उत्पादन गर्छ । 

साथै, यसमा दिइएको १.५ लिटर डिजेल इन्जिनले ३७५० आरपीएममा ११५ पीएस पावर र १५२५ आरपीएममा ३०० एनएम–टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड एमटी ट्रान्समिसन दिइएको छ  ।


हुन्डाई भेन्यूमा १.० टर्बो पेट्रोल, १.२ पेट्रोल र १.४ लिटर डिजल गरी ३ इन्जिन अप्सनमा उपलब्ध रहेको छ । यसमा प्रयोग भएको १.० एल कप्पा टी–जीडीआई पेट्रोल इन्जिनले १२० पीएस पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ । उक्त इन्जिनमा ७ डीसीटी र म्यानुअल ट्रान्समिशन समावेश गरिएको छ । 

भेन्यूको १.२ लिटर पेट्रोल इन्जिनले ८३ पीएसको पावर र ११५ एनएमको टर्क जनेरेट गर्छ र यो इन्जिनमा ५ स्पीड म्यानुअल ट्रान्समिशन दिइएको छ । 

१.४ लिटर डिजेल इन्जिनले ९० पीएसको पावर २२० एनएमको टर्क जेनेरेट गर्छ र यसमा ६ स्पीड म्यानुअल ट्रान्समिशन समावेश गरिएको छ ।

समग्रमा भेन्यूको टर्बो पेट्रोल इन्जिन केही बढी पावरफुल रहेको छ भने एक्सयूभी ३०० को डिजेल इन्जिन बढी पावरफुल रहेको छ । 

डायमेन्सन

एक्सयुभी ३०० को लम्बाई ३९९५ एमएम, चौडाई १८२१ एमएम र उचाई १६१७ एमएम रहेको छ । यसको ह्वील बेस २६००एमएम रहेको छ । २६५ लिटर बुट स्पेश यो गाडीमा पाउन सकिन्छ । 

हुन्डाई भेन्यूको लम्बाई ३९९५ एमएम, चौडाई १७७० एमएम र उचाई १५९० एमएम रहेको छ । र यसको ह्विलबेस २५०० एमएम रहेको छ । साइजको हिसावले एक्सयूभी ३०० केही ठूलो रहेको छ ।

विशेषता

भेन्युमा इलेक्ट्रीक सनरुफ, वायरलेस फोन चार्जिङ, एयर प्युरिफायर र क्रुज कन्ट्रोल जस्ता फिचरहरु पाइन्छ । साथै यसमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमको प्रयोग पनि गरिएको छ जसले एप्पल कारप्ले र एन्ड्रोइड अटोलाई सपोर्ट गर्छ ।

भेन्यू भारतको पहिलो स्मार्ट कनेक्टेड गाडी हो । जसमा कम्पनीको ब्लु लिंक टेक्नोलोजी समावेश गरिएको छ । यसमा ३३ स्मार्ट कनेक्टेड फिचर उपलब्ध रहेको छ । यति मात्र होइन सो कनेक्टिभिटी टेक्नोलोजीमा एआईमा आधारित भ्वाइस कमान्ड, लोकेशन ट्रयाक सर्भिस, इन्जिन, सेफ्टी र अन्य फिचर पनि रहेको छ ।


सो एसयूभीको फ्रन्टमा हुन्डाई सिग्नेर ग्रिलको प्रयोग गरिएको छ, जसको कारण यो निकै आक्रामक देखिन्छ । 

महिन्द्रा एक्सयूभी–३००मा किलेस–इन्ट्री, पुश–वटन स्टार्ट, ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कार–प्ले, एन्ड्रोइड अटो, टु–ट्वीटर, फ्रेब्रिक अपहोल्स्ट्री, लेदर–र्याप स्टेयरिङ्ग ह्वील र गियर–नोभ, कन्ट्रोल, रिभर्स पार्किङ्ग क्यामरा गाइडलाइन, सिक्स–वे एड्जस्टेबल ड्राइभर–सिट, अटो हेडल्याम्प र वाइपरको विशेषता दिइएको छ ।

यसको अलवा, इलेक्ट्रीकल्ली फोल्डेबल ओरभीएमएस, एम्बीएन्ट इन्टेरियर लाइटिङ्ग, वान–टचअप डाउन ड्राइभर साइड–विन्डो, १७ इन्च आलोय ह्वील, प्रोजेक्टर हेडल्याम्प, एलईडी डीआरएलएस, सिल्भर फिनिश–फ्रन्ट एन्ड रियर–स्किड प्लेट दिइएको छ । 

मूल्य

महिन्द्रा कम्पनीले आफ्नो बहुप्रतिक्षित कम्प्याक एसयूभी एक्सयुभी ३०० पेट्रोल भेरियन्ट डब्लु ४ को मूल्य  ३९ लाख ७५ हजार र र डब्लु ८ (अफ्सनल)को मूल्य ५६ लाख ५० हजार रुपैयाँ तोकेको छ । त्यस्तैगरि डिजेलमा डब्लु ४ भेरियन्टको मूल्य ४१ लाख २५ हजार, डब्लु ६ भेरियन्टको ४५ लाख, डब्लु ८ भेरियन्टको ५१ लाख ५० हजार र डब्लु ८ (अफ्सनल) को मूल्य ५७ लाख २५ हजार रुपैयाँ तोकिएको छ ।

भेन्यूको १.२ लिटर इन्जिनमा इ भेरियन्टको मूल्य ३४ लाख ९६ हजार र एस भेरियन्टको मूल्य ३७ लाख ९६ हजार रुपैयाँ रहेको छ । 

त्यस्तै भेन्यू १.० लिटर टर्बो इन्जिनमा तिन भेरियन्ट उपलब्ध रहेको छ जसमा एस भेरियन्टको मूल्य ४१ लाख ९६ हजार, एसएक्स भेरियन्टको मूल्य ४८ लाख ९६ हजार र टप भेरियन्ट एसएक्स (ओ) को मूल्य ५३ लाख ५६ हजार रुपैयाँ तोकिएको छ ।

भेन्यू १.० अटोमेटिक पनि दुई अप्सनमा उपलब्ध रहेको छ । जसमा एस भेरियन्टको मूल्य ४६ लाख ९६ हजार र एसएक्सको मूल्य ५५ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले १.४ लिटर डिजेल इन्जिनलाई दुई भेरियन्टमा उपलब्ध गराएको छ । जसमा एस भेरियन्टको मूल्य ४२ लाख ५६ हजार र एसएक्सको मूल्य ४८ लाख ५६ हजार रुपैयाँ तोकिएको छ । 



image not found