भेस्पाको नयाँ स्कुटर ‘एलएक्स-१२५’, यस्ता छन् फिचर

पियाजीओले भारतीय बजारमा भेष्पा एलएक्स–१२५ नयाँ मोडल भारतीय बजारमा सार्वजनिक गर्ने भएको छ । यसको मूल्य ७४ हजार ५ सय भारतीय रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । 

यसमा आकर्षक ह्वील, रियर भ्यु मिरर हाउजिंग, फ्रन्ट फेन्डर गार्निश, हेडलाइट, ब्ल्याक कलरको एप्रोन, टेल लाइटमा ब्ल्याक बोर्डर दिइएको छ । 

कम्पनीले स्टान्डर्ड भेष्पा एलएक्स–१२५ बाट सीबीएस जेडएक्स–१२५लाई परिवर्तन गर्ने आँकलन गरिएको छ । यो स्कुटरमा १२५ सिसी सिंगल सिलिन्डर फ्यान कुल्ड इन्जिन लगाइएको कम्पनीले जनाएको छ । जसले ९.७६ बीएचपी पावरका साथै १०.६ एनएम पिक टर्क उत्पादन गर्छ । यसको इन्जिनमा बिएस–६ मापदन्डको सिभीटी गियरबक्स लगाइएको छ । 

यसका साथै स्कुटरमा सिंगल साइड आर्म हाइड्रोलिक युनिट लगाईएको छ भने रियरमा हाइड्रोलिक सक  यब्जर्वर दिइएको छ । यसले सुजुकी एक्सेस–१२५, टीभीएस एनटर्क –२५ र होन्डा ग्राजिया १२५ सँग प्रतिस्पर्धा गर्ने आँकलन गरिएको छ । 


Back_to_top