फक्सवागनको कार किन्नुअघि थाहा पाउनुस् सबै मोडलको मूल्य

Not found

काठमाडौं । फक्सवागनको आधिकारी बिक्रेता पूजा इन्टरनेशनल प्रालिले नेपाली बजारमा जर्मन कम्पनी फक्सवागनका गाडी बिक्री गर्दै आएको छ । कम्पनीले नेपाली बजारमा आफ्नो ५ मोडलका गाडी बिक्री वितरण गर्दै आएको छ । 

कम्पनीले बिक्री गर्ने ५ मोडलका विभिन्न १९ भेरियन्टहरु नेपालमा बिक्री हुँने गरेको छ । जसमा टिगुवानका ५ भेरियन्ट नेपालमा बिक्री हुने गरेको छ । 

टिगुवानका तीन भेरियन्ट जर्मनीबाट आयात हुन्छ भने ७ सीट अप्सनमा २ भेरियन्ट मेक्सीकोबाट आयात हुँदै आएको छ । यी गाडीको मूल्य १ करोड ४० लाख रुपैयाँदेखि १ करोड ५८ लाख रुपैयाँसम्म रहेको छ । कम्पनीले नाडा अटो शो २०१९ बाट टिगुवानको अल स्पेश भेरियन्टसमेत बिक्री सुरु गरेको छ ।

त्यसैगरी कम्पनीले अर्जेन्टीनाबाट एर्मोक गाडी आयात गर्दै आएको छ भने जेट्टालाई मेक्सीकोबाट आयात गर्दै आएको छ । कम्पनीले जेट्टाको मूल्य ७९ लाख रुपैयाँ तोकेको छ । 


कम्पनीको सर्वाधिक बिक्री हुने पोलो १.० विभिन्न ४ भेरियन्टमा उपलब्ध भइरहेको छ । यो मोडलको सुरुवाति मूल्य २७ लाख ९५ हजारदेखि ३७ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । 

त्यसैगरी कम्पनीले १.६ लिटर अप्सनमा पनि पोलो बिक्री गर्दै आएको छ ।

कम्प्याक्ट सेडान भेन्टोलाई बिभिन्न ५ भेरियन्टमा बिक्री गर्दै आएको कम्पनीले भेन्टोको सुरुवाति मूल्य ३९ लाख ९५ हजार र टप भेरियन्टको मूल्य ५१ लाख ४५ हजार रुपैयाँ तोकिएको छ । 



image not found