के हो ‘बर्ड स्ट्राइक’ ? उडिरहेकाे जहाजको इन्जिनमा चरा ठोकिए के गर्ने

Not found

काठमाडौं । ‘बर्ड स्ट्राइक’ एभिएसनको चल्तीको भाषा हो । यो शब्द प्रयोग गर्न तिब्र गतिमा रहेको जहाजमा चरा ठोकिदा पाइलटले एयर ट्राफिक कन्ट्रोलरलाई गर्ने संचार हो । विश्वको आकाशमा हजारौ जहाजहरु उडिरहेका हुन्छन् । आकाशमा उड्ने जहाज र आकाशमै उड्ने चरा ठोकिनु सामान्य घटना हो । 

यदि चरा जहाजको इन्जिनमा ठोकियो भने त्यसको गतिले जहाजको इन्जिन नै ड्यामेज गराउने सम्भावना बढि हुन्छ । तर आफू चडेको जहाजको इन्जिनमै ‘बड स्ट्राइक’ भएमा आत्तिनु हुँदैन । जहाजमा रहेका चालकदलका सदस्यहरुको निर्देशन अनुसार शान्त भएर बस्नु पर्छ ।   

किनभने यात्रु उडाउने प्रत्यक जहाजमा दुईवटा इन्जिन रहेको हुन्छ र कुनै एक इन्जिनले काम नगरेमा पनि एकै इन्जिनको सहायताले सजिलै गन्तव्यमा अवतरण गर्न सक्छ ।

एकै पटक दुबै इन्जिनमा ‘बर्ड स्ट्राइक’ हुने सम्भावना एकदमै कम हुन्छ । तर सन् २००९ मा अमेरिकन एयरलायन्सको फ्लाइट १५४९ मा उचाई लिने क्रममा ३ हाजर २ सय फिटको उचाइमै दूबै इन्जिनमा चरा पसेको थियो । जसका कारण दूबै इन्जिन ड्यामेज भई जहाज पावर लेस भएको थियो । 

उक्त जहाजलाई चमत्कारीक रुपमा क्याप्टेन सली सलेन्बर्ग र उनको टिमले सकुसल न्यूयोर्कको हट्सन रिभरमा ल्याडिङ्ग गराएका थिए । जहाजमा सवार चालक दलका सदस्य सहित १ सय ५५ जनाको सकुसल उद्धार गरिएको थियो ।

विश्वमा ९० प्रतिशत ‘बर्ड स्ट्राइक’ टेकअफ वा ल्याडिङ्गका क्रममा हुने गर्छ । जहाज कम उचाईमा हुने समयनै टेकअफ वा ल्याडिङ्गको समयमा हो अन्य समयमा प्राय गतिलिएपछि ३५ हजार फिट भन्दा माथिको उचाईमा जहाज उड्ने गर्छ । जहाँ चराको उपस्थिती हुनै सक्दैन । 

आइकाओका अनुसार जुलाई देखि सेप्टेम्बरको महिनामा धेरै ‘बर्ड स्ट्राइक’का घटना भएका छन् ।



image not found