वर्कसप दर्ता/नविकरण गर्न १५ दिने म्याद, दर्ता नभए बन्द गरिने

Not found

काठमाडौं । यातायात व्यवस्था विभागले दर्ता तथा नविकरण नभएका वर्कसप तथा कारखानालाई कारबाही गर्ने भएको छ । विभागले कानुन अनुसार दर्ता नभएका र समयमै नविकरण नगरेका वर्कसप तथा कारखाना अनुगमन गरि कारबाही गर्ने भएको हो ।  

विभागले हालै एक सूचना जारी गरि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार अनिवार्य दर्ता तथा नविकरण हुनुपर्ने कारखाना तथा वर्कसप त्यसो नगरेको पाइएकाले पहिलो चरणमा सूचना मार्फत दर्ता तथा नविकरण हुने समय दिएको जनाएको छ । 

विभागले हाल सञ्चालनमा रहेका सम्पूर्ण कारखाना तथा वर्कसपहरुले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १५९, यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० (संशोधित) को बुँदा नम्बर ९.११ र ९.१२ तथा कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका २०७४ मा व्यवस्था भए बमोजिम मापदण्ड पुर्याई १५ दिन भित्र सम्बन्धित यातायात व्यवस्था कार्यालयहरुमा दर्ता तथा नविकरण भई सञ्चालन हुन भनेको छ । 

कारखाना तथा वर्कसपहरु अनुगमनको क्रममा दर्ता एवं नविकरण नगरि सञ्चालन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने जनाएको छ । कानुनमा दर्ता नभए वा हुन अटेरि गरे बन्द गर्ने व्यवस्था समेत रहेको छ ।




image not found