महिन्द्रा एक्सयूभी ४०० ईभीको डेलिभरी सुरू

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले उत्पादन गरेको पहिलाे इलेक्ट्रिक स्पाेर्टस युटिलिटी भेहिकल ‘एक्सयूभी ४००’ को डेलिभरी सुरू गरेको छ । कम्पनीले भारतीय मराठीहरूको विशेष पर्व गुढी पाडवाको अवसरमा देशभर ४०० यूनिट डेलिभरी गरेको घोषणा गरेको हो।

महिन्द्राले हाल एक्सयूभी ४०० ईभीको टप स्पेस ईएल भेरियन्ट मात्र डेलिभर गरेको छ। यसको बेस स्पेक ईसी भेरियन्टको डेलिभरी भने यस वर्षको अन्त्यसम्ममा सुरू हुने कम्पनीले बताइएको छ ।

नप्याँ एक्सयूभी ४०० इलेक्ट्रिकमा दुई वटा ब्याट्री प्याकको अप्सन दिइएको छ। यसमा ३४।५ किलोवाट आवर र ३९।४ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यसले अधिकतम पावर १४८ बीएचपी रहेको छ भने टर्क ३१० एनएम उत्पादन गर्दछ ।

एमआइडीसीका अनुसार यो ईभीको रेन्ज भने क्रमशः ३७५ किलोमिटर र ४५६ किलोमिटर पाउन सकिन्छ । कम्पनीले गत महिना महिन्द्रा एक्सयूभी ४०० फर्मुला एडिसनको विशेष संस्करण पनि प्रदर्शन गरेको थियो ।


Back_to_top