एफजेडएस भी-३ लक्की बन्दा, यामाहाले बनायो नयाँ रेकर्ड

Not found

सन् १९८५ बाट भारतीय बजारमा प्रवेश गरेको जापानको टु ह्वीलर कम्पनी यामाहा मोटरले झन्डै ३४ वर्षको अवधिमा १० मिलियन यूनिट अर्थात १ करोड यूनिट मोटरसाइकल तथा स्कुटरको उत्पादन गर्न सफल भएको छ । कम्पनीले भारतको सुरजपूर, फरिदाबाद र चेन्नाईस्थित प्लान्टबाट जम्मा १० मिलियन यूनिट उत्पादन गरेको हो । 

सो माइल स्टोन प्राप्त गर्नको लागि एफजेडएस एफआइ भर्सनको मोटरसाइकल, फेसीनो स्कुटरले महत्वपूर्ण भुमिका निभाएको कम्पनी बताउँछ । यसै क्रममा १ करोड औं नम्बरमा यामाहा एफजेडएस भी ३ उत्पादन भएको कम्पनीले जनाएको छ । त्यसैले एफजेडएस भी-३ लाइ लक्की मानिएकाे हाे । 

यामाहा मोटरले तयार पारेको तथ्यांक अनुसार सन २०१२ र २०१९ बिचमा झन्डै पाँच मिलीयन मोटरसाइकल तथा स्कुटर उत्पादन भएको छ । सात वर्षको अवधिमा ४४ प्रतिशत स्कुटर र ५६ प्रतिशत मोटरसाइकल उत्पादन गरेको कम्पनीले जनाएको छ । सो अवधिमा सबैभन्दा बढि फेसिनो स्कुटर उत्पादन भएको कम्पनी बताउँछ । 

कम्पनीका अुनसार कुल स्कुटर र मोटरसाइकल मध्ये ८० प्रतिशत सुरजपुर र फारिबादको प्लान्टबाट र बाँकी चेन्नाइ प्लान्टबाट उत्पादन भएको कम्पनीले जनाएको छ । 

यसअघि सन् १९९९ मा सुरजपुर फ्याक्ट्रीले १ मिलीयन युनिट मोटरसाइकल उत्पादन भएको घोषणा गरेको थियो भने, २०१२ मा ५ मिलियन यूनिट उत्पादन मार्क गरेको थियो । कम्पनीले सन् २०१६ मा भने सन २०१२ बाट बिक्री सुरु गरेको यामाहा रे स्कुटरको उत्पादन १ मिलीयन पुगेको घोषणा गरेको थियो । 

यस्तै, सन् २०१५ मा चेन्नाई प्लान्टले ४.५ लाख युनिट मोटरसाइकल तथा स्कुटर उत्पादन भएको घोषणा गरेको थियो । हाल यस प्लान्टको उत्पादन क्षमता ९ लाख युनिट पुगेको छ । कम्पनीले घरेलु प्रयोजन  र निर्यातको लागि पाँच वर्षको समयअवधिमा उत्पादन क्षमता ७ लाख ४० हजार युनिटबाट १० लाख २० हजार युनिट युनित पुर्याएको जानकारी दिएको छ । 

कम्पनीले यो सफलताले उत्साहित बनाएको बताउँदै आगामी दिनमा ग्राहक, बजार र समयको माग अनुसार मोडल उत्पादन गर्ने जनाएको छ । इप्लोइ, डिलर पार्टनरशिप र नेटवर्किङलाई मजबुद बनाँउदै थप स्टाइलिस र स्पोर्टी मोटरसाइकल तथा स्कुटर निर्माण गर्ने कम्पनीका चेयरम्यान मोटोफुमी सिताराले बताएका छन ।



image not found