यस्तो छ यामाहाको नयाँ एनम्याक्स १५५, केही समयपछि नेपाल आउने

काठमाडौं । यामाहाले इन्डोनेशियामा एनम्याक्स १५५  स्कुटरको नयाँ संस्करण बजारमा सार्वजनिक गरेको छ । नयाँ विशेषता सहित तयार भएको यो स्कुटर अबको केही समयपछि नेपाली बजारमा सार्वजनिक हुने जनाइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पावरफुल स्कुटरको माग बढेसँगै कम्पनीहरुले नयाँ नयाँ स्कुटरहरु ल्याई रहेको समयमा यामाहाले आफ्नो स्टाइलिस स्कुटर एनम्याक्सको फेसलिफ्ट ल्याएको हो ।  

स्कुटरको फ्रन्ट साइडमा निकै ठूलो परिमार्जन गरिएको छ । साथै, स्किलर हेडलाइट, फ्रन्ट ब्लिन्कर, अपडेटेड विन्डस्क्रिन, फ्रन्ट एप्रोन, आकर्षक बडी प्यानलको विशेषता नयाँ एनम्याक्समा समेटिएको छ । 

यसमा नयाँ एलसिडी, इन्स्ट्रुमेन्ट कन्सोल, ब्लिन्कर्स, एलइडी स्क्रिन, ब्ल्युटुथ कनेक्टीभिटीको फिचर दिइएको छ । जसमार्फत, मोबाइलमा आएको म्यासेज, पार्किङ लोकेशन, मर्मतको समयावधी, इन्धन खपतलगायतका जानकारी पाउन सकिने कम्पनीले जनाएको छ ।

यसमा स्प्लिट स्टाइल एलइडी टेलाइट, स्मार्ट मोटर जेनेरेटर, स्टार्ट स्टप फक्शन, ट्राक्शन कन्ट्रोल सिस्टम, किलेस इग्नीशन, हाजार्ड लाइट, इलेक्ट्रीक पावर सकेट जस्ता फिचर समेटिएको छ । साथै, एसओएचसि एफआई इन्जिन यसको अर्को बलियो पक्ष हो । उक्त इन्जिनले ८ हजार आरपीएममा १५.३ पिएस पावरका साथै ६५ सय आरपिएममा १३.९ एनएम टर्क उत्पादन गर्छ । यसमा डबल च्यानल एबीएसको विशेषता दिइएको छ ।

नेपालको लागि यामाहाको आधिकारीक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले यसलाई आगामी जनवरीसम्ममा नेपाली बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ ।


Back_to_top